Nepal Times
Nepal Times
234
Shares

पहिलो पटक दौरासुरुवालमा प्रचण्डको सत्तारोहण

पहिलो पटक दौरासुरुवालमा प्रचण्डको सत्तारोहण

११ पौष, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४४ औ प्रधानमन्त्रीका रुपमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्। प्रधानमन्त्रीसहित सोमबार ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिए।

उपप्रधानमन्त्रीहरु विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले शपथ लिए। यस्तै, विना विभागीय मन्त्रीहरु ज्वाला साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि पद तथा गोपनीयताको शपथ लिए। तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका प्रचण्डले सार्वजनिक रुपमा पहिलोपटक दौरा–सुरुवालसहित उपस्थित भए।

यसअघि प्रधानमन्त्री बन्दा सुट–पाइन्टमा शपथ लिएका प्रचण्ड तेस्रो कार्यकालका लागि शपथ लिन भने दौरासुरुवालसहित उपस्थित भएका थिए। प्रचण्ड सरकारका ३ जना उपप्रधानमन्त्रीले पनि दौरासुरुवालमै शपथ लिए। मन्त्रीमध्ये २ जना मात्रै दौरासुरुवालमा उपस्थित थिए। दामोदर भण्डारी र राजेन्द्र राईले दौरासुरुवालमा शपथ लिए।

पहिलोपटक सत्ता राजनीतिमा सामेल भएको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान भने कुर्तापइजामा लगाएर शपथ लिन उपस्थित भएका थिए। यस्तै, प्रारम्भिक चरणको मन्त्रीमण्डलको १ मात्रै महिला सदस्य ज्वाला साह सारी र कोटसहितको पहिरनमा शपथ लिन उपस्थित भएकी थिइन्।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.