Nepal Times
Nepal Times
1.67k
Shares

कसरी फैलियो पेलेको निधन भएको अफवाह ?

कसरी फैलियो पेलेको निधन भएको अफवाह ?

१४ पौष, एजेन्सी ।
ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ ।

“पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थिति अद्यावधिक गर्दै लेखेको छ । उपचारमा खटिएका डाक्टरले उच्च निगरानीमा उपचार गरिरहेको जनाएका छन् । उनी अझै स्वास्थ्य जीवनका लागि संघर्ष गरिररहेका छन् ।

तीन पटकको विश्वकप विजेता पेले क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो ।

त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन । यसबीच सामाजिक सञ्जालमा एकाएक पेलेको निधन भएको भन्दै अफवाह फैलिएको छ । पेलेबारे अन्तराष्ट्रिय सञ्चारमाध्यामले कुनै समाचार उल्लेख गरेका छैनन् ।

तर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले भने फेसबुकमा पेलेको ‘निधन’ भएको भन्दै आफूलाई उनको ठूलो प्रशंसकका रुपमा उभ्याउँदै अफवाह खबरलाई आधार मानेर उपचाररत पेलेलाई श्रद्धाञ्जली दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.