खेलाउने बहानामा आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हतया भएको प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा यो खबर छ ।
आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए ।
भगहा नगरपालिकाअन्र्तगत मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु चौधरीको बंगैचामा आँपको रुखमुति सोमबार दिउँसा ेहत्या गरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको थियो ।