२२ पौष , काठमाण्डौ ।
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ ।हिजो १ लाख ३ हजार १ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर भइरहेकाले नेपाली बजारमा पनि घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।