Nepal Times
Nepal Times
162
Shares

बैतडीमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ / गर्भपतन गर्न दवाव दिएको आरोप

बैतडीमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ / गर्भपतन गर्न दवाव दिएको आरोप

२९ पौष, काठमाण्डौ ।
बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।सोही आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

पक्राउ परेकामाथि गर्भपतन गराउन दवाव दिएको आरोप छ। उता पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।बलात्कार पछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ। यसबारे एक पुरूषलाई पक्राउ गरेर छानबिन भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.