रक्षाबन्धनकै दिन सप्तरीकी एक युवतीमाथि सामूहिक बलात्कार,पाँच जना पक्राउ

विराटनगर,भदौ १२
सोमबार रक्षाबन्धनकै दिन सप्तरीकी एक युवती सामूहिक बलात्कारको शिकार भएको घटना सार्वजनिक भएको छ । पीडित पक्षले कारबाहीको माग गर्दै प्रहरीमा आज उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । रक्षाबन्धनको मेलापछि घर फर्किने क्रममा सोमबार राति शम्भुनाथ नगरपालिका ६ अर्नाहा भन्ने स्थानमा खडग नगरपालिका ५ की २० वर्षीय यूवतीको सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ती यूवतीलाई ६ जना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिए । स्थानीय १६ वर्षीय युवकसँगै रक्षा बन्धनको अवसरमा लागेको मेला हेरेर साइकलमा घर फर्किने क्रममा यूवतीलाई ६ जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

यूवतीसँगै रहेका युवकलाई नियन्त्रणमा लिइ कुटपिट गर्दै मोबाइल र साइकल खोसी आरोपी युवकहरुले धानखेतमा बलात्कार गरेको युवतीले दिएको उजुरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । यसैबीच युवतीको बयानको आधारमा ६ जनामध्ये पाँचजनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शम्भुनाथ नगरपालिका ५ का २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णकुमार साह, २७ वर्षीय मनोजकुमार राम, कञ्चनरुप नगरपालिका ११ का २४ वर्षीय हिरालाल साह र शम्भुनाथ नगरपालिका ७ का १८ वर्षीय राजकुमार भगतलाई नियन्त्रणमा लिएको छ । यसअघि फागुन महिनामा मात्र सप्तरी जिल्लामा १८ वटा बलात्कारका घटना भएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top