अख्तियारले एकै दिन दुई ठूला माछा समात्यो !

१० माघ, काठमाण्डौ ।
अख्तियार दुरुपयोग अनसुन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। लामो समयदेखि विवादमा पर्दै आएका गिरीमाथि प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा मुद्दा दायर भएको हो।

यस्तै अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुखलाई पास बनाइदिने भनी लिएको घुसको रकमसहित नियन्त्रणमा लिएको छ । आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाल आयोगले स्टिङ अपरेशन गर्ने क्रममा सोमबार साझ पक्राउ परेका हुन् ।

यस्तै अख्तियारले डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध किर्ते कागजात खडा गर्ने कार्यको मतियार बनेको आरोपमा मुद्दा दायर गरेको छ। नपाएको ओहोदा पाएको भन्ने उजुरीउपर अनुसन्धान गर्दा उनीहरुले प्राध्यापक पदको कुनै उपाधि नपाएको देखिएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले उल्लेख गरेको छ।

Advertisement

’डा. ज्ञानेन्द्र गिरीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ,’ आयोगले पेस गरेको आरोपपत्रमा भनिएको छ ।

गिरीलाई उक्त पदको किर्ते गर्ने क्रममा डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मतियारको रुपमा काम गरेको आयोगले उल्लेख गरेको छ। ’डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहोदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्ने,’ आयोगको आरोपपत्रमा उल्लेख छ।

Advertisement

यस्तै सोमबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुखलाई अख्तियारले नियन्त्रणमा लिएको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाल पक्राउ परेका हुन् । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेको पुष्टि गरेका छन् । नवौ तहका कर्मचारी रहेका चुडाललाई उजुरीका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

शाखा प्रमुख प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग १ लाख ५० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार टोलीले चुडाललाई सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस लिइसके पश्चात कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनको खानतलासी गर्दा कार्यकक्ष भित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको नगद आठ लाख रुपैयाँ समेत बरामद गरिएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top