प्रचण्ड भारत भ्रमणको तयारीमा

१२ माघ, काठमाण्डौ ।
तेस्रो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटक आफ्नो पहिलो विदेश भ्रमण, छिमेकी मुलुक भारतबाट गर्ने भएका छन । यसका लागि तयारी सुरु भएको छ । राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको छ ।

फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन भएलगत्तै फागुन अन्तिम सातादेखि चैत पहिलो साताबीच प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने तयारी छ । भ्रमणको निमन्त्रणा लिएर भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने गरी दिल्लीमा तयारी भएको छ ।

प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए ।

प्रचण्डले दिल्लीस्थित नेपाली दूतावासले भ्रमणको तयारीमा काम गरिरहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले पठाएको बधाई सन्देश १५ पुसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए । तर सो चिठीमा बधाई सन्देश मात्रै उल्लेख छ, निमन्त्रणा छैन ।

‘पछिल्लोपटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्रीबाट बधाई सन्देश मात्रै आएको छ, उनीहरूभन्दा पहिला बधाई सन्देशमा निमन्त्रणा पनि आउने गरेको थियो । प्रधानमन्त्री प्रचण्डलाई विदेशबाट आएका बधाई सन्देशमध्ये बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको सन्देशमा मात्रै भ्रमणको निमन्त्रणा दिइएको छ ।

यसअघि प्रचण्डले ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका उनले नड्डा, भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, भारतीय विदेशसचिव विनयमोहन क्वात्रालगायत अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रचण्डले दिल्लीमा फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे सम्बोधन गरेका थिए । प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top