सन्दीपलाई क्रिकेट खेल्न आईसीसीले बाटो खोलिदियो

११ माघ ७९, बिहीबार

१२ माघ, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान)ले अनिश्चितकालका लागि निलम्बन गरेका नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई क्रिकेट मैदानमा फर्किने बाटो खुलेको छ । सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोक नलगाउने भएको छ।

आईसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताएका छन् । ‘आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको छ। तर, यहाँ फेरि सरकारी वकिलले सर्वोच्चमा मुद्दा हाल्ने कुराहरू सुनिएका छन्।

उनले भनेका छन्, त्यसैले हामीले अझै निर्णय लिएका छैनौं,’। बलात्कारको आरोपमा पक्राउ परेका लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो। नेपाली क्रिकेटमा सन्दीप लामिछानेको भूमिका महत्वपूर्ण रहेको छ।

Advertisement

उनी टिममा हुनु आवश्यक रहेको क्रिकेटप्रेमीहरु बताउदै आएका छन् । सन्दिपलाई अदालतले पनि क्रिकेट खेल्न रोक नलगाएकाले उनलाई राष्ट्रिय टिममा फर्काउनु पर्ने उनी पक्षीय अधिवक्ताहरुले बताउदै आएका छन् । अहिले आइसीसीले क्रिकेट खेल्नका लागि बाटो खोलिदिएको अवस्थामा अब सन्दीप आईसीसी विश्वकप क्रिकेट लिग २ अन्र्तगत सातौ श्रखलाको छनौटमा पर्ने संभावना देखिएको छ ।

आइसीसीले खेल तालिका सार्वजनिक गरेसँगै क्यान खेलाडी छनौटमा जुटेको छ । नेपाल , नामिबिया र स्कटल्याण्ड सम्मिलत बिकोणात्मक श्रृखला फागुन २ देखि ९ सम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । श्रृखला मा सबै टिमले ४,४ खेल खेल्नेछन् । नेपालले फागुन २ मा नामिबिया, ५ गते स्कटल्याण्ड र ६ गते पुन नामिबिया र ९ गते स्कटल्याण्डसँग खेल्नेछ ।

Advertisement

यसका लागि क्यानले २० खेलाडी छर्नाट गर्नेछ । जसमा अदालतको परामर्शमा सन्दीप समेत समावेश हुन् सक्ने क्यान पदाधिकारीहरुले बताएका छन् । २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो। क्यानले ज्ञानेन्द्र मल्लको ठाउँमा सन्दीपलाई कप्तान बनाएको थियो।

अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो। सन्दीपको कप्तानीमा नेपालले १८ वटा टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेको थियो। जसमा नेपालले १३ जित र ५ म्याचमा हार ब्यहोरेको थियो। एकदिवसीय क्रिकेटमा भने सन्दीपको कप्तानको रेकर्ड खराब छ।

उनले १४ खेलमा कप्तानी गर्दा मात्र ४ म्याच मात्रै नेपालले जितेको छ। ९ म्याच हार्दा १ खेल बराबरी खेलेको छ। सानै उमेरमा सन्दीपले आफूलाई मात्रै होइन, नेपाली क्रिकेटलाई नै विश्वभर चिनाएका छन्। उनले विश्वका चर्चित टी–२० लिगमार्फत् नेपाललाई विश्व क्रिकेटसामु चिनाएका हुन्। नेपाली टिमका एक मुख्य खेलाडी सन्दीप नेपाल सर्वाधिक विकेटकर्तासमेत हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top