१५ माघ ,काठमाडौँ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । १४ अंकले घटेसँगै परिसूचक २१ सय ६८ अंकमा आएर रोकिएको छ ।परिसूचक घटेपनि आज ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।
बजार घटेपनि आज ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।परिसूचक १४ अंकले घट्दा आज होटल र टुरिजम समूहमा ६.८८ अंक र जीवन बीमा समूहमा ३७.९६ अंक सुधार आएको छ ।
यसबाहेक, आज कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा आएको छ । आज यो समूह ६१ अंकले घटेको छ भने वित्त समूह ३७ अंकले घटेको छ ।