मेसीले कोपा अमेरिका र विश्वकप पनि खेल्ने !

१५ माघ,एजेन्सी ।
इक्वेटरको पोल्टामा परेको कोपा अमेरिका अब अमेरिकामा हुने भएको छ । इक्वेडरले कोपा अमेरिका आयोजना गर्ने भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि कन्वेललले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो । सन् २०२४ मा अमेरिकामा हुने दक्षिण अमेरिकी महादेशको कोपा अमेरिका कपमा अब १६ टोलीको सहभागिता रहने भएको छ ।

कोपा अमेरिका कपमा दक्षिण अमेरिकाकाबाट १० उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टोली गरी कुल १६ टोली रहने आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) ले जनाएको छ । कोपा अमेरिका दोस्रोपटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको १ सय वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो ।

पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो। २०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेवल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोन्काकाफबीच विभिन्न सहमति समेत भएको छ । जस अनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पुर्याइनेछ ।

Advertisement

जसमा दक्षिण अमेरिकी १० टिम स्वत छानिनेछन् भने ६ टिम कोन्काकफबाट हुनेछ ।टिमको टुंगो २०२३–२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ । आयोजक भएपनि अमेरिकाले पनि छनोट खेल्नुपर्नेछ । अमेरिकाले आगामी २०२६ मा मेक्सिकोसँग मिलेर विश्वकप फुटबल आयोजना गर्दैछ । यता अर्जेन्टिनी कप्तान लियोनल मेसीले आउँदो वर्ष हुने कोपा अमेरिका खेल्ने विभिन्न फ्रेन्च मिडियाले दाबी गरेका छन्।

रिपोर्टका अनुसार विश्व विजेता मेसीले कम्तीमा पनि २०२४ सम्म राष्ट्रिय टोलीका लागि खेल्ने विचार गरेका छन्। यदि सबै कुरा मिलेको खण्डमा ७ पटकका बालोन डी’ ओर विजेताले २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप पनि खेल्न सक्ने सम्भावना रहेको बताइएको छ। ३५ वर्षीय स्टारले आफ्नो करियरमा जितेका अवार्ड तथा उपाधि यस्ता छनः–
७ बालोन डी’ओर

Advertisement

६ युरोपेली गोल्डेन बुट

४२ उपाधि

१ विश्व कप

१ कोपा अमेरिका

१ फिनालिसिमा

४ युइएफए च्याम्पियन्स लिग

११ लिग उपाधि

७९४ गोल

३५० असिस्ट

११४४ गोलमा प्रत्यक्ष योगदान

१४७ बक्स बाहिरबाट गोल

२ फिफा विश्वकप गोल्डेन बल

६ फिफा प्लेयर अफ द इयर

३ युइएफए प्लेयर अफ द इयर

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top