Nepal Times
Nepal Times
3
Shares

मोन्टी देशाईलाई प्रशिक्षक नियुक्तिमा किन ढिलाई ?

मोन्टी देशाईलाई प्रशिक्षक नियुक्तिमा किन ढिलाई ?

१५ माघ ,एजेन्सी ।
नेपाली क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुगेका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति नदिँदा नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्रशिक्षक छनोट समितिले सिफारिस गरेका मोन्टी देशाईको नाम क्यान कार्यसम्पादन समितिले पास गरेर राखेप र आइसिसीलाई पठाएको थियो । आइसिसीले नियुक्तको लागि अनुमति दिइसकेको छ । तर राखेपले भने यसमा जानाजान ढिलासुस्ती गरेको देखिन्छ ।

मुख्य प्रशिक्षक नहुँदाको असर दुई हप्तापछि घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियासँग आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने नेपाली टोलीमा देखिनै भन्दै क्यानले नियुक्तिबिना नै विज्ञका रुपमा देशाईलाई प्रशिक्षण सुरु गर्न लगाएको छ ।

क्यानले फागुन २ गतेदेखि सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो । नियुक्ति प्रक्रियामा ढिलाई भइरहँदा आसन्न शृंखलाका लागि कम समय रहेको भन्दै क्यानले मोन्टीबाट सेवा लिएको हो ।

सोही अनुसार आइतबार दिउँसो त्रिवि क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षण सत्रमा भारतीय प्रशिक्षक मोन्टी पनि उपस्थित थिए । उनले खेलाडीलाई प्रशिक्षण गराइरहेका थिए । क्यानका क्रिकेट म्यानेजर विनोद दासले देशाईले आधिकारिक प्रशिक्षण सुरु गरेको नभई विज्ञका रुपमा मात्रै लगाएको बताएका छन् ।

मंसीर २९ मा मनोज प्रभाकरले राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन छ । क्यानले पुस २४ गते १ साताको समय दिएर प्रशिक्षकका लागि खुला आवेदन माग गरेको थियो ।

२४ जनाले आवेदन दिएकोमा क्यानको प्रशिक्षक छनोट समिति हुँदै कार्यसम्पादन समितिले मोन्टीलाई प्रमुख प्रशिक्षकको जिम्मा दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि मोन्टीको फाइल राखेप पुगेको छ । युवा तथा खेलकुद मन्त्रालयहुँदै मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र मोन्टीको औपचारिक नियुक्ति हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.