×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

ओली रविको फेभरमाः के छ प्रचण्डको मुड ?

१६ माघ २०७९

१६ माघ, काठमाण्डौ ।
नयाँ नागरिकता लिएसँगै निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पुनः सिंहदरबार छिर्ने तयारीमा जुटेका छन् । आइतबार काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता लिएलगत्तै उनले पुनः उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारी लिने गृहकार्य सुरु गरेका छन् ।

उनले आइतबार दिनभर आफ्नो पार्टी र सत्तासाझेदार दलभित्र राजनीतिक वातावरण बनाउन छलफल गरेका थिए । लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पुनः सभापतिको जिम्मेवारीमा फर्काएको छ । उनलाई नै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारी लिने गरी पार्टीले निर्णय गरेको छ ।

Advertisement

तर आइतबार रातिसम्म उनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमै पुनर्बहाली गर्ने विषयमा सत्तासाझेदार दलहरूबीच भने सहमति भइसकेको छैन । लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ । पार्टी सभापतिको जिम्मेवारीमा फर्केलगत्तै बालुवाटार पुगेका लामिछानेले आफूलाई पुनर्बहाली गर्न प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरेका छन ।

प्रधानमन्त्रीले भने सर्वोच्चको पूर्णपाठ नआउन्जेल तथा राहदानी विवाद नसुल्झेसम्म पुरानै जिम्मेवारीका लागि हतार नगर्न लामिछानेलाई आग्रह गरेको बुझिएको छ । लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुपूर्व एमाले अध्यक्ष ओलीसंग दुई घन्टा लामो भेटवार्ता गरेका थिए ।

ओलीले रविलाई गृह फर्काउन तयार रहेको बताएका थिए । लामिछानेलाई पुनर्बहाली गरेर अगाडि बढ्दा साझेदार दलहरूबीचको सहकार्य कायमै राख्न सजिलो हुने ओलीको भनाइ थियो । ओलीले रविलाई पुनर्वहाली गर्न प्रचण्डलाई दबाव दिएको पनि बाहिर आएको थियो । यस संर्दभमा दुई नेताहरुबीच भेटवार्ता पनि भएको थियो ।

तर रास्वपालाई गृह मन्त्रालय दिने–नदिने विषयमा प्रचण्ड र ओली एउटै निष्कर्षमा पुगिसकेका छैनन । प्रचण्ड र ओलीबीच भेटवार्ताको विस्तृत विवरण पनि सार्वजनिक भएको छैन । तर उनीहरुबीच आवश्यकताअनुसार उच्चस्तरीय संयन्त्रमा थप छलफल गर्ने समझदारी भएको बुझिएको छ ।

नयाँ नागरिकता लिएसँगै लामिछानेका लागि कानुनी रूपमा मन्त्री बन्न भने बाटो खुला भएको छ । तर, पुरानो नागरिकताका आधारमा लिएको राहदानीको विवाद निरुपण नभएसम्म सार्वजनिक पद लिने–नलिने भन्ने नैतिक प्रश्न उठेको छ ।

यद्यपी अदालतको आदेशपछि नयाँ नागरिकता लिएका लामिछाने गैरसांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितवन क्षेत्र नम्बर २ बाट उपचुनाव जितेर आउने योजनामा छन् । उपचुनाव कहिले हुन्छ भन्ने चाहिँ यकिन भइसकेको छैन ।

Advertisement

यता गृहमन्त्री पदबाट हटे पनि लामिछानेले अहिलेसम्म सरकारी निवास छाडेका छैनन् । शुक्रबारदेखि नै हरिहरभवनस्थित सरकारी निवासमा नगए पनि उनले निवासमा रहेका आफ्ना सामान सारेका छैनन् । उनले सरकारी गाडी भने अदालतको फैसलापछि नै त्यसै दिन छाडेका थिए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top