आन्तरिक राजश्व कार्यालय विराटनगरले उठायो लक्ष्य भन्दा १८ करोड बढी राजश्व

आन्तरिक राजश्व कार्यालय विराटनगरले उठायो लक्ष्य भन्दा १८ करोड बढी राजश्व

किशोर विश्वकर्मा
विराटनगर, भदौ १३
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको एक महिनाको अवधीमा मात्रै लक्ष्य भन्दा ६८ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा मात्र ६८ करोड २३ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षको सोही अवधीमा कार्यालयले ४३ करोड १२ लाख २९ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख दिलीप गौतमका अनुसार चालु आर्थिक वर्षको साउन महिनाको लक्ष्य ५० करोड ७८ लाख रुपैयाँ लक्ष्य रहेकोमा लक्ष्य भन्द १८ करोड बढी राजश्व असुली गरेको हो ।

सो महिनामा आयकरको लक्ष्य १४ करोड ६ लाख ७५ हजार रुपैयाँ रहेकोमा २२ करोड ६६ लाख ६२ हजार रुपैयाँ राजश्व असुली भएको आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख गौतमले जानकारी दिए ।

गत आर्थिक वर्षको सोही अबधीमा आयकर लक्ष्य ९ करोड ६ लाख ७ हजार रुपैयाँ रहेको भएपनि लक्ष्य भन्दा बढी अर्थात् १० करोड ३१ लख ९५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

त्यसै गरि चालु आर्थिक वर्षकै साउन महिनामै कार्यालयले बहाल कर एककरोड १५ लाख ९६ हजार रुपैयाँ राजश्व असुली गरेको छ । गतवर्षको सोही अवधिमा एककरोड ८ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । यस्तै चालु आर्थिक वर्षकै सो महिनाको ब्याजकर लक्ष्य एककरोड १३ लाख रुपैयाँ रहेकोमा असुली एककरोड ५५ लाख ५ हजार रुपैयाँ भएको छ ।

गत आर्थिक वर्षमा सोही शिर्षकको लक्ष्य एककरोड ५० लाख रहेकोमा असुली लक्ष्य भन्दा कम अर्थात एककरोड १६ लाख ९५ हजार रुपैयाँ मात्र भएको छ । यसैगरि चालु आर्थिक वर्षको साउन महिनामै मुल्य अभिबृद्धि करको लक्ष्य २१ करोड ५० लाख ५५ हजार रुपैयाँ रहेको भएपनि असुली लक्ष्य भन्दा कम १७ करोड ४ लाख ५० हजार रुपैयाँ भएको छ ।

गत आर्थिक वर्षको सोही महिनामा पनि मुल्य अभिबृद्धि करको लक्ष्य एककरोड ८४ लाख १६ हजार भएको र असुली लक्ष्य भन्दा झण्डै एककरोड २७ लाख कम अर्थात १७ करोड ५६ लाख ४५ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षकै अन्तशुल्क करको लक्ष्य १३ करोड ३ लाख १० हजार रुपैयाँ रहेकोमा लक्ष्य भन्दा बढी २० करोड ९० लाख २२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही महिनाको लक्ष्य ११ करोड ३ लाख ९० हजार रुपैयाँ भएपनि असुली लक्ष्य भन्दा कम १० करोड २९ लाख ३ हजार रुपैयाँ मात्र संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षकै साउन महिनामा स्वाथ्य सेवा करवापत ३ करोड ४९ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्षको सोही महिनामा स्वास्थ्य सेवाकरको लक्ष्य २ करोड ४३ लाख ६१ हजार रुपैयाँ रहेकोमा असुली २ करोड ७ लाख ४५ हजार रुपैयाँ संकलन भएको थियो ।

सोही आर्थिक वर्षको साउन महिनामै शिक्षा सेवा शुल्कको लक्ष्य ४४ लाख ८४ हजार रुपैयाँ रहेकोमा असुली ६२ लाख ५२ हजार रुपैयाँ भएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.