विराटनगर,भदौ १३
मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ ।नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेपछि नेपाल ७ विकेटले पराजित हुन पुग्यो ।
क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धा्रित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । नेपालका सम्मानजनक योगफलमा राष्ट्रिय टिममा पूनरागमन गरेका सागर पुनले ८३ रनको योगदान दिए ।औसत शुरुवात गरेको नेपालका लागि सागरले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लल ४५ रन जोडे । आरिफ शेख ३६ रनमा आउट हुदा तथा करण केसी २६ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले राम्रो खेलन सकेन । ओपनर सुबास खकुरेल ४, कप्तान पारस खड्का ८, दीपेन्द्रसंह ऐरीले मात्र ९ रन जोड्न सके । सोमपाल कामीले ५ रन बनाए । रोहितकुमार पौडेल शुन्य रनमा आउट भए ।
ओमानका लागि खवर अलिले नटआउट ८४ रन बनाए । जिसान माक्ससुड ४५ रनमा अविजित रहे । भैवव वाटेगौनकारले ४१ रन जोड्दा जतिन्दर सिंह ३० तथा अकिव इल्यासले १६ रन बनाए । पारस खड्काले एक विकेट लिए ।
ओमानका अजय लालचेटा, मोहम्मद नदिम र विलाल खानले समान २ विकेट लिए ।नेपालले अब अर्को खेल भोलि युएईंसँग खेल्नेछ ।