चतुरबहादुरको राजीनामाले क्यानमा हलचल

१९ माघ,काठमाण्डौ ।
अनेकन विवाद, आरोप र प्रश्नैप्रश्नले घेरिएर अध्यक्षको पदबाटसमेत राजीनामा माग गरिएका नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द राजीनामा नदिने अडानमा देखिएका छन् । क्यानकै ६ जना केन्द्रिय सदस्यहरुले चन्दसहित कार्यसम्पादन समितिको राजीनामा मागेका छन् ।

पछिल्लो समय भारतीय कम्पनीसँग भएको विवादित सम्झौता तथा नेपाल टि २० लिगमा भएको भनिएको स्पट फिक्सिङका कारण क्यान पदाधिकारीमाथि नै नैतिक चुनौती बनेको छ । त्यही नैतिकताकै आधारमा भन्दै क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा नै दिइसकेका छन् भने उनले क्यान नेतृत्वलाई पनि नैतिकता देखाउन आग्रह गरेका छन् ।

तर अहिले क्यान नेतृत्व गरिरहेका चन्दले त्यस्तो राजीनामा माग्नुमा कुनै तुक नरहेको बताएका छन् । पोखरामा क्यानको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको बताएका हुन् । अध्यक्ष चन्दले राजीनामा बाहिर हल्ला गरेर माग्ने नभई साधारण सभामा माग्ने वा ३३ प्रतिशतका हस्ताक्षर लिएर आउनसमेत चुनौती दिए ।

Advertisement

उनले ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएमा ३५ दिनभित्रमा विशेष साधारण सभा गरेर आफू अध्यक्ष पद छाड्न तयार भएको पनि बताएका छन् । अध्यक्ष चन्दले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पठाएको दुई सदस्यको कुनै औचित्य नै नभएकोसमेत भनेका छन् । क्यान कार्यसम्पादन समितिको राजीनामा माग्ने सात जनामध्ये दुई जनालाई राखेपले मनोनयन गरेर पठाएको हो ।

यसैगरि चन्दले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवाको आधारबारे पनि टालटुले जवाफ दिएका छन् । गत भदौ ५ गते बन्द प्रशिक्षणबाट निस्किएर एक जना नाबालिका बलात्कार गरेको आरोप लागेका लामिछानेलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि क्यानले राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।

Advertisement

तर अहिले क्यानले अनुशासन उल्लंघन गरेकाले लामिछानेलाई निलम्बन गरिएको बताएको छ । क्यानले सन्दीप बन्द प्रशिक्षणमा हुँदा भएको घटनाबारे भने अहिलेसम्म कुनै छानबिन गरेको छैन । बलात्कार आरोपमा लामिछानेले अहिलेसम्म सफाइ पाएका छैनन् । मंगलबार पोखरामा भएको क्यान बोर्ड बैठकले अदालतको आदेशको आधारमा निलम्बन फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

‘सन्दीपको निलम्बन फुकुवा गर्न अदालतको आदेशलाई आधार बनाएका छौं,’ चन्दले बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा भने, ‘अदालतको आदेश पढ्नुभएको छ ?, त्यहाँ क्रिकेट खेल्न नपाउने भनेको छैन।’ सन्दीपलाई क्रिकेट खेल्न दिने कि नदिने उनले खेलका नियम उल्लंघन गरेकामा अनुशासनको कारबाही गर्ने कि नगर्ने भन्ने अदालतको विषय थिएन, यो क्यानले गर्ने निर्णय हो ।

त्यसैले आफूले गरेका निर्णयको जिम्मेवार आफैं हुनु पर्नेमा अदालत देखाएर सन्दीपको निलम्बनको फुकुवा गरेको देखिन्छ । क्यानका तत्कालीन व्यवस्थापक सुनील महासेठ र त्यतिबेला कप्तान रहेका लामिछानेको विषयमा क्यानले छानबिन गर्नुपर्ने आवाज उठे पनि क्यानले बेवास्ता गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top