रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

२१ माघ,एजेन्सी ।
पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेवियन क्लब अल नासरका लागि पहिलो गोल गरेका छन् । तर साउदी प्रो लिगमा भने अल नासरले अल फतेहसँग अंक बाड्न बाध्य भयो । शुक्रबार राति भएको खेलमा अल नासरले अल फतेहसँग २–२ गोलको बराबरी खेलेको थियो । अल नासरका लागि तालिस्का र रोनाल्डोले एक–एक गोल गरे ।

अल फतेहका लागि क्रिस्टियन टेलो र सोफियन बेन्डेब्काले एक–एक गोल गरे । १० खेलाडीमा समेटिएको अल नासेरले खेलमा दुईपटक पछि परेपनि अंक खोस्न सफल भएको हो । खेलको १२औं मिनेटमा क्रिष्टियन टेलोले गोल गर्दै अल फातेहलाई १–० को अग्रता दिलाए ।

४२औं मिनेटमा एन्डरसन टालिस्काले कोनानको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा सोफिएन बेन्डेब्काले गोल गर्दै घरेलु टोलीलाई पुन खेलमा २–१ को अग्रता दिलाए । उनले मारवेन सादएनीको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि अल फातेह जिततर्फ अग्रसर बनेपनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयमा नोह अल मोउसाले पेनाल्टी बक्समा जालोलिडडिन मासहरिपोभलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी प्रदान गरेको थियो ।

जसलाई रोनाल्डोले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । साउदीको लिगमा रोनाल्डोको यो पहिलो गोल हो । उनले लिगको दोस्रो तथा समग्रमा तेस्रो खेलमा गोल गर्न सफल भएका हुन् ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा गोलकर्ता एन्डरसन टालिस्का सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिन पुग्यो । यस बराबरीसँगै अल नासर १५ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत छ । समान अंक नै रहेपनि अल नासर एक खेल बढी खेलेको अल सवावभन्दा गोलअन्तरमा अघि छ । अल फातेह २२ अंक जोडेर छैटौं स्थानमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top