×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मलेसियाले नेपालीलाई आफ्नै देशका कामदार सरह सुविधा दिने

२१ माघ २०७९

२१ मघ, काठमाण्डौ ।
मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा आएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौंमा भएको छलफलका क्रममा नेपाली कामदारहरूलाई मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने प्रद्धिवद्धता जनाएको हो ।

मलेसियामा नेपाली कामदार पठाउदा सिपयुक्त बनाएर पठाउने जिम्मेवारी आफुहरूको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिवद्धता रहेको मन्त्री अर्यालले जानकारी दिए । त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताए ।

Advertisement

मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने उहाले जानकारी दिए । मलेसियाले कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसैगरि नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने पनि समझादारी भएको छ । प्र

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मलेसियाको टोलीबीचको भेटमा दुवै पक्षबीच सो समझदारी भएको हो । यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो ।

सो अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकासलगायत क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

यस्तै भेटमा प्रधानमन्त्री दाहालले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, एक हजार दुई सय रिङ्गेटबाट वृद्धि गरेर एक हजार पाँच सय बनाएकामा धन्यवाद दिएका छन् । यसका साथै फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए ।

प्रधानमन्त्री दाहालले मलेसियामा नेपाली श्रमिक इमान्दार र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे । सो क्रममा मेलेसियाका गृहमन्त्रीले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र त्यहाँ रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा मलेसियाली सरकार गम्भीर रहेको बताए ।

Advertisement

उनले मलेसियाको पाँच वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानूनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली श्रमिकको प्रशंसा गर्दै कामदारलाई सहज हुने गरी अन्य नीतिगत सुधारसमेतका लागि मलेसियाले गृहकार्य गर्ने बताए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top