×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ल्याटिन अमेरिकामा पनि देखियो ‘चिनियाँ जासुसी बेलुन’

२१ माघ २०७९

२१ माघ, एजेन्सी ।
अमेरिकापछि ल्याटिन अमेरिकामा पनि चीनको जासुसी बेलुन देखापरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपी र एसोसिएटेड प्रेसले यो जानकारी दिएको हो ।

राइडरले चीनको दोस्रो जासुसी बेलुन ल्याटिन अमेरिकामा देखिएको दाबी गरेका छन । तर उनले बेलुनको सही स्थान भनेनन् । यसै क्रममा अमेरिकामा भेटिएको पहिलो जासुसी बेलुनमा चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सको प्रतिक्रिया आएको छ । अमेरिकाको पछिल्लो दाबीपछि यस विषयमा चीनको जवाफ आएको हो ।

Advertisement

चीनको आधिकारिक मिडिया संगठन ग्लोबल टाइम्सले यसबारे केही ट्विट गरेको छ । एउटा ट्विटमा ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनबाट एउटा मानवरहित हवाई जहाज अमेरिकी आकाशमा अप्रत्याशित घटनाका कारण प्रवेश गरेको छ । चीनले घटनाको पुष्टि गर्दै अमेरिकालाई जवाफ दिएको छ।

’ यस अनुसार, ‘चीनको विदेश मन्त्रालयका प्रवक्ताले शनिबार जारी गरेको विज्ञप्तिमा अप्रत्याशित परिस्थितिका कारण घटना भएको बताएको हो । अर्को ट्विटमा ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुन र अन्य देशको सार्वभौमसत्ता र अखण्डतालाई उच्च सम्मान गरेको छ ।

कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको भूभाग वा हवाई क्षेत्रको उल्लङ्घन गर्ने कुनै उद्देश्य छैन । हामी यस घटनाको आडमा केही अमेरिकी नेता र मिडियाले चीनको बदनाम गरेकाप्रति विरोध गर्छाैं।’ यसअघि बुधबार पश्चिमी अमेरिकी राज्य मोन्टानामा यस्तै एउटा बेलुन आकाशमा देखिएको थियो ।

त्यसपछि अमेरिकाले चीनले संवेदनशील ठाउँमा जासुसी गरेको आरोप लगाएको थियो । अधिकारीहरूले भनेका छन– यो बेलुन पछिल्ला दिनहरूमा संवेदनशील ठाउँहरूमा उडिरहेको थियो र यो एक जासुसी उपकरण हो । यी घटनाक्रमका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।

Advertisement

यद्यपि चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोपको खण्डन गर्दै यो ‘सिभिलियन एयरसिप’ भएको बताएको छ । अमेरिकाको आकाशमा यस्तो बेलुन आएकोमा चीनले दुःख व्यक्त गरेको थियो । यस बेलुनको उद्देश्य मौसमविज्ञानको जानकारी सङ्कलन गर्नु रहेको चीनको भनाइ छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top