मन्त्रीका लागि रास्वपाले गर्यो संसद बैठक बहिस्कार

२१ माघ ७९, आइतबार

२२ माघ, काठमाण्डौ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन् । उनीहरू यतिबेला पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन् । सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दै छ ।

सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन् । हिजो राति बसेको आकस्मिक बैठकले अघोषित रूपमा आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो । त्यसै बमोजिम समय जुध्ने गरी पार्टीको बैठक डाकिएको छ । अहिले रास्वपाका सबै सांसद पार्टी बैठकमा सहभागी छन् । प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ ।

रास्वपा सभापति लामिछानेले पत्रकार सम्मेलन गर्ने भनेकोमा पार्टीको बैठक सकिएको छैन । रविको पद खारेजी र रास्वपाबाट इन्दिरा राना उपसभामुख बनेसँगै प्रतिनिधिसभामा रास्वपाका १८ सांसद रहेका छन् । उता आइतबार विहानै भएको भेटमा प्रधानमन्त्री प्रचण्डले रविलाई कुनै पनि मन्त्रालय दिन नसकिने बताएका छन् ।

गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।

एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसक्ने बताएपछि रवि रिसाएर बाहिरिएका थिए । उनी अब आफ्नो दल सरकारमा बस्न कठिन हुने भन्दै बालुवाटारबाट पार्टीको बैठकमा आएका हुन् । रविले आजै अर्काे सत्तारुढ घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन् ।

गठबन्धनका शीर्ष नेतासँगको भेटपछि बसेको स्वतन्त्र पार्टीको बैठकले आज सरकारका बारेमा अन्तिम निर्णय गर्नेछ । यसअघि शुक्रबार नै सरकारबारे निर्णय गर्न भनेर पार्टी बैठक बोलाएको स्वतन्त्र पार्टीले प्रधानमन्त्री र ओलीले समय मागेको भन्दै सरकारबारेको निर्णयका लागि दुई दिन पर्खिएको थियो ।

विशेष गरी आफूले पाएको गृह मन्त्रालय नदिने प्रधानमन्त्रीको निर्णयपछि रुष्ट बनेको स्वतन्त्र पार्टीले जनप्रतिनिधिको थलो जनताको आवाज राख्नु पर्ने संसदको आजको बैठक समेत बहिष्कार गरेपछि स्वतन्त्र पार्टी र तिनका निर्वाचित सांसदले जनताले दिएको म्यान्डेड सत्ता स्वार्थमा भुलेको भन्दै सामाजिक संजालमा सर्वसाधारणको असन्तुष्टि देखिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top