Nepal Times
Nepal Times
3
Shares

ईयूको नेपालमा चासो/ यूरोपेली यूनियन कि आयुक्त बुधबार नेपाल आउँदै

ईयूको नेपालमा चासो/ यूरोपेली यूनियन कि आयुक्त बुधबार नेपाल आउँदै

२३ माघ, एजेन्सी ।
यूरोपेली यूनियन कि आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउने भएकी छन् । ईयूको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो । पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो । आयुक्त उर्पिलाइनेनले नेपालमा यूरोपेली संघका विभिन्न कार्यहरुको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ । काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्नेछिन् ।

नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको महत्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको ईयूले जनाएको छ । सन् २०२१ देखि २०२७ सम्म नेपालको लागि यूरोपेली संघले मल्टिएनियल इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत सहयोग गरेको छ । आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.