वर्षाका कारण हाटखोलाको सुकुम्बासी टोल डुबानमा,उद्धार कार्य जारी

वर्षाका कारण हाटखोलाको सुकुम्बासी टोल डुबानमा,उद्धार कार्य जारी

विराठनगर,भदौ १४
आज बिहान परेको भीषण वर्षाका कारण मोरङको विराटनगर – ८ हाटखोलाको सुकुम्बासी बस्ती डुबानमा परेको छ । बर्षा पछि सिंगिया खोलामा आएको बाढी बस्तीमा पसेपछि झण्डै दुई दर्जन घर डुबानमा परेका हुन् ।

डुबानमा क्षेत्रमा अहिले परिवर्तनका लागि हातेमालोका अभियान्ता तथा अन्य क्षेत्रका स्वयंसेवकहरुले उद्धारको कार्य गरिरहेका छन् ।उक्त स्थलमा खटिएका स्वयंसेवकहरुले बस्तीका समानहरु खुल्ला ठाउँमा सारेर त्यहाँका बासिन्दाहरुलाई खानाको तथा बासको ब्यबस्था गरिरहेको परिवर्तनका लागि हातेमालोका अभियान्ता राम पोखरेलले जानकारी दिए ।

दिउँसो करिब ३ बजे सम्ममा पाल टाँगेर बीस घरपरिवारका लागि बासको ब्यबस्था गरि सकिएको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.