पिएसजी फ्रेन्च कपबाट आउट, एम्बापेको अभाव खड्किए

२६ माघ,एजेन्सी ।
रियल म्याड्रिड गएरातिको खेलबाट फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गर्दा अर्काे चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। मोरक्कोमा गएराति भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि ४–१ गोल अन्तरको सहज जित निकाल्दै रियल उपाधि नजिक पुगेको हो।

केही मुख्य खेलाडी बिनानै मैदान उत्रिएको रियलले ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता बनायो। पहिलो हाफमा १–० ले अघि रहेको रियलले दोस्रो हाफमा थप तीन गोल ग¥यो। खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे।

६५ औं मिनेटमा अल आलीले खेलमा फर्कने प्रयास ग¥यो। अली मालोउलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २ – १ मा झारेको थियो। खेलको ८७ औं मिनेटमा रियलले अग्रता बढाउने मौका गुमायो। लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियलले खेलमा ३–१ को अग्रता लिने मौका गुमायो। मोड्रिचको प्रहार अल आलीका गोलकिपर मोहम्मद अल सेनावीले बचाएका थिए।

Advertisement

तर खेलको इन्जुरी समयमा रोद्रिगोले गोल गर्दै रियलले अग्रता ३–१ मा पु¥यायो। लगत्तै वैकल्पिक खेलाडी सर्जियो आरिबासको गोल गर्दै रियललाई ४–१ को स्पष्ट जित दिलाए। रियलले अब शनिबार उपाधिका लागि साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। अल हिलाल ब्राजिलको फ्लामियालाई हराउँदै फाइनलमा पुगेको हो।

फ्लामियोलाई हराएर उपाधि नजिक पुगेलगत्तै साउदीका प्रिन्स अल वालिद विन तलालले प्रत्येक खेलाडीलाई २ लाख ६६ हजार पाँच सय अमेरिकी डलर बोनसको घोषणा गरेका थिए। यता कीर्तिमानी पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। १४ पटकको च्याम्पियन पिएसजीले अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित हुँदै बाहिरिएको हो।

Advertisement

मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे। खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए। तर मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए।

त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका रक्षकले विफल बनाइदिएका थिए। मेसी र नेइमारको आक्रमणलाई मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजी स्तब्ध बन्यो। फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ। पिएसजीमा युवा स्टार किलियन एम्बाप्पेको आवश्यकता खड्किएको छ। तिघ्रामा चोट लागेका कारण एम्बाप्पे अहिले आराम गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top