नामिबिया र स्कटल्याण्डसँग सन्दीपले खेल्ने पक्का

२७ माघ, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरेको छ। क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई समेट्दै बिहीबार टिम घोषणा गरेको हो। क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीप पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्।

नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, मुद्दाको किनारा नलाग्दै क्यानले निलम्बन फुकुवाको निर्णय गरेको थियो। उनीविरुद्ध बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । विवादबीचम सन्दीपले राष्टिय टोलीमा पुनरागमन गरेका हुन् ।

बलात्कारको आरोप लागेका सन्दीप धरौटीमा छुटेपछि क्यानले निलम्बन फुकुवा गरेर उनलाई राष्टिय टोलीको बन्द प्रशिक्षणमा समेटेको थियो। नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा छन् । यस्तै, सामेपाल कामी, करन केसी, ललित राजबंशी, गुल्सन झा, भीम सार्की र सुर्य तामांग रहेका छन् ।

फ्रेब्रुअरी १४ देखि २१ सम्म नेपालमा हुने एकदिवसीय अन्तर्राष्टिय शृंखलामा नामिबिया र स्कटल्यान्ड रहेका छन् । क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो। उच्च अदालत पाटनको आदेशसँगै सन्दीप २० लाख धरौटी बुझाएर पुस २९ गते थुनामुक्त भएका थिए। क्यानले घोषणा गरेको टिममा सन्दीप जोरा, कुशल मल्ल र भीम सार्कीले पुनरागमन गरेका छन्।

सूर्य तामाङ पहिलोपटक राष्ट्रिय टिममा परेका छन्। नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन्। नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ। जुन खेल फेब्रुअरी १४ मा हुनेछ। यस्तै दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्नेछ। स्कटल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top