Nepal Times
Nepal Times
171
Shares

सिरियामा ९० घण्टापछि नावजात शिशुको चमत्कारिक उद्धार

सिरियामा ९० घण्टापछि नावजात शिशुको चमत्कारिक उद्धार

२७ माघ, एजेन्सी ।
टर्की र सिरियामा गएको भीषण भूकम्पपछि राहत उद्धार कार्य जारी छ । भग्नावशेष हटाउने क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यद्यपि इँटा र ढुङ्गा मुनिबाट जिवितै उद्धार गर्ने प्रयास अहिले पनि जारी रहेको उद्धारकर्तालाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

सिरियामा गएको भूकम्पको ९० घण्टापछि आमासँगै भग्नावशेषमा रहेको एक नवजात शिशुलाई सिरियाको भग्नावशेषबाट बाहिर निकालिएको छ । प्रकोपमा बालिकाको सम्पूर्ण परिवार, आमाबुवा र चार दाजुभाइलाई परेका छन् । अहिले उद्धार गरिएकी ती बालिकालाई धर्मपुत्री बनाउन संसारभरबाट हजारौं हात अगाडि आएका छन् ।

छोरीको नाम ‘आया’ राखिएको छ । अरबीमा यसको अर्थ ’चमत्कार’ हो। छोरीलाई भग्नावशेषबाट उद्धार गर्दा उनी आफ्नी मृत आमाकै साथमा रहेकी थिइन । टर्कीको सिमाना नजिक रहेको सिरियाली सहर जिन्दायरिस भूकम्पबाट पूर्णरुपमा ध्वस्त भएको छ । बालिका अहिले अस्पतालमा छिन् ।

उनको हेरचाह गर्ने बाल रोग विशेषज्ञ हानी मारुफले सोमबार अस्पताल आइपुग्दा उनी निकै खराब अवस्थामा रहेको बताउकी छिन् । उनको शरीरभर दाग लागेको थियो र कडा चिसोका कारण सास फेर्न समस्या भइरहेको थियो । हाल उनको अवस्था स्थिर रहेको छ ।

बालिकाको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा एक व्यक्तिले धुलोले ढाकिएको नवजात शिशुलाई भग्नावशेषबाट बाहिर निकालेको देखिन्छ। बालिकालाई भग्नावशेषबाट निकाल्दा उनका आफन्त खलील अल सुवादी घटनास्थलमा उपस्थित थिए । यसपछि उनले बालिकालाई अस्पताल लगे ।

सामाजिक सञ्जालमा छोरीलाई धर्मपुत्री बनाउन हजारौं मानिस अगाडि आएका छन् । अस्पतालका प्रबन्धक खालिद अतियाहले अहिलेसम्म विश्वभरबाट दर्जनौं व्यक्तिबाट बालिकालाई धर्मपुत्रीका रुपमा लिनका लागि फोन आएको बताएका छन् । उनले भनेका छन् “उनको परिवार फर्केर नआएसम्म म अहिले कसैलाई पनि उनलाई ग्रहण गर्न अनुमति दिन सक्दिन, । म उसलाई आफ्नो बच्चा जस्तै हेरचाह गर्दैछु।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.