चिकित्सकको आन्दोलन फिर्ता, ओपिडी सेवा सुरु

२९ माघ, काठमाण्डौ ।
आफ्ना सहकर्मी कुटिएपछि आन्दोलनरत् चिकित्सकहरूले सबै संषर्षका कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकको आन्दोलन रोकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको हो ।

सहमति अनुसार घाइते चिकित्सवको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

साथै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित ) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने पनि दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको छ ।

Advertisement

स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने पनि सहमति गरिएको छ । यसअघि नेपाल चिकित्सक संघले ओपीडी सेवाहरु बन्दको आव्हान गरेपछि उपचारका लागि अस्पताल पुगेका विरामी विचल्लीमा परेका थिए ।

उपचारको माग गर्दै बिरामीका आफन्तले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्। चिकित्सकको आन्दोलनका कारण उपचार सेवा ठप्प भएपछि बिरामीका आफन्तले प्रदर्शन गरेका हुन्। शुक्रबार राष्ट्रपतिको सवारीका बेला सडकमै चिकित्सक कुटिएपछि त्यसको डाक्टरहरुले वीर लगायत विभिन्न अस्पतालमा आइतबार आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।

Advertisement

त्यसैको विरोधमा बिरामी र उनीहरूका आफन्त प्रदर्शनमा उत्रिएका हुन्। उपचारका लागि टाढाटाढाबाट आएका बिरामी र उनीहरुका आफन्तले अहिले वीर अस्पताल बाहिर नाराबाजी गरेका थिए । यसअघि नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम दिएको थियो ।

शल्यक्रिया सकेर घर जान लागेका डा. सिंहलाई परिचय पत्र देखाउँदा पनि सुरक्षाकर्मीले अस्पताल परिसरमै कुटपिट गरेको संघको दाबी छ । डा जनिथलाल सिंहमाथि भएको कुटपिट गरेको आरोपमा हबल्दार शम्भुजंग गुरुङ भने निलम्बनमा परिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top