×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा

२९ माघ २०७९

२९ माघ, एजेन्सी ।
अमेरिका र चीन जासुसी बेलुनका बारेमा एकअर्काप्रति आक्रमक बनिरहेका बेला जापानी जल क्षेत्रमा चिनियाँ नौसैनिक जहाज प्रवेश गरेको छ । जापानको रक्षा मन्त्रालयले चिनियाँ नौसेनाको एक सर्वेक्षण जहाज आइतबार बिहान याकुशिमा टापुको दक्षिणतर्फ गएको जनाएको थियो ।

यसमा आपत्ति जनाउँदै जापानले चीनसमक्ष कूटनीतिक विरोध जनाएको छ । पछिल्लो एक वर्षभन्दा कम समयमा चिनियाँ जहाज जापानको जलक्षेत्रमा प्रवेश सातौंपटक प्रवेश गरेको छ । अधिकांश चिनियाँ जहाज सेन्काकु टापु नजिकै भेटिएका छन् । जापानको नियन्त्रणमा रहेको यस द्वीपसमूहमा चीनले धेरै वर्षदेखि दाबी गरिरहेको छ ।

Advertisement

चीनको बढ्दो सैन्य शक्ति र हस्तक्षेपका कारण जापान पछिल्लो पटक निकै चिन्तित र सजक हुन थालेको छ । यसैलाई मध्यनजर गर्दै जापान सरकारले रक्षा बजेट दोब्बर पार्ने घोषणा गरेको छ । जीडीपीको १ प्रतिशत रक्षा बजेट छुट्याउँदै आएको जापानले आगामी पाँच वर्षमा २ प्रतिशत खर्च गर्ने भएको छ ।

जुन रकमले उसले चीन वा उत्तर कोरियामा प्रहार गर्न सक्ने लामो दुरी हतियार प्राप्त गर्नेछ । त्यस्तै उसले जापानको थल, जल र हवाई सेनाबीच गतिलो सामञ्जस्य कायम गर्न जोइन्ट कमान्ड पनि स्थापना गर्नेछ । यो दोस्रो विश्वयुद्धपछि जापानले अपनाउँदै आएको शान्तिवादी नीतिको ठिक विपरीत हो ।

सैन्यवादको पुनरावृत्तिका कारण नभई सुरक्षा चिन्ताका कारण जापानले नयाँ नीति अख्तियार गरेको हो । किनभने–अमेरिका जापान गठबन्धन बलियो रहँदा पनि सुरक्षा वातावरण तीव्र गतिमा बिग्रिरहेको छ । २०२२ मा चीन र उत्तर कोरिया दुवैले जापानको आर्थिक क्षेत्रमा पर्ने समुद्रमा क्षेप्यास्त्र प्रहार गरे ।

सेनकाकु÷तियाउ टापुलाई लिएर जापान र चीनबीचको तनाव २०१० देखि नै बढिरहेको छ । जापानको लागि सबैभन्दा चिन्ताजनक सम्भावना भनेको चीनले बलपूर्वक ताइवान कब्जाको प्रयास गर्नु हो । टोकियोलाई के डर छ भने ताइवान कम्युनिस्ट चीनको नियन्त्रणमा जानेबित्तिकै जापानको भूराजनीतिक अवस्था नाटकीय रुपले बिग्रिनेछ ।

महत्वपूर्ण समुद्री मार्ग चीनको नियन्त्रणमा जानेछ र ¥युक्यु टापु शृंखला कब्जा गर्ने बलियो स्थितिमा पुग्नेछ । यस्तै युक्रेनमाथि रुसको आक्रमणपछि जापानको डर झन् बढेको छ । प्रधानमन्त्री फुमियो किसिदाले जनवरीमा त्यो चिन्ता व्यक्त पनि गरे, ‘भोलिको पूर्वी एसिया पनि युक्रेन बन्न सक्छ।’

Advertisement

त्यसैले सैन्य सुदृढीकरणमा जापान लागेको छ । विद्यमान खतराको तुलनामा अमेरिकाले अहिले दिएको सुरक्षा कमजोर रहेको जापानको निर्क्यौल छ । अमेरिकी किल्ला सोचेजति बलियो नभएको देखेरै जापानीहरु आफ्नो सुरक्षाका लागि खर्च बढाइरहेका छन्

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top