मौखिक सहमति अनुरुप कानुन संशोधन नगरिएको भन्दै चिकित्सकले एकमुष्ट लाइसेन्स बुझाउने

मौखिक सहमति अनुरुप कानुन संशोधन नगरिएको भन्दै चिकित्सकले एकमुष्ट लाइसेन्स बुझाउने

काठमाडौं ः चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।

संघका महासचिव डा। लोचन कार्कीले चिकित्सकसँग गरेको सहमतिमा सरकार गम्भीर र इमानदार नदेखिएकाले लाइसेन्स बुझाउने निर्णय गर्नुपर्ने अवस्था आएको बताए ।

भदौ १ मै मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी गरेका चिकित्सकहरु कानुनमन्त्री भानुभक्त ढकालको आश्वासनपछि केही समयका लागि पर्खेका हुन् ।उनीहरुले मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउन शुक्रबारसम्मको समय दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.