काठमाडौंको वायु स्वास्थ्यका लागि घातक, सास लिनै सकस

१० फागुन ७९, बिहीबार

११ फागुन,काठमाडौं ।
काठमाडौं उपत्यकामा पछिल्ला चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकांकले देखाएको छ । आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक (एक्यूआई) बढ्दै गएको छ । बिहीबार बिहान ११ः४५ बजे काठमाडौंका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १७४ यूएस एक्यूआईसम्म पुगेको आईक्यू एयरले जनाएको छ ।

सोमबार १५९ रहेको यो मात्रा चार दिनयता निरन्तर बढ्दो क्रममा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ ।

एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ ।

यो एक्यूआई जति बढ्दै गयो, त्यति घातक हुने डब्ल्यूएचओले जनाएको छ । जाडोयाममा ठूलो हावाहुरी नआउने र छिटफुटमात्रै वर्षा हुने र बाक्लो तुवाँलोका कारण यसैपनि वायुमण्डल प्रदूषित बन्नपुग्छ । त्यसमा सहरी क्षेत्रमा मानवीय कारणले थप प्रदूषण बढाउने गरेको अध्ययनहरूले देखाएका छन् ।

वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको रिपोर्ट सार्वजनिक गरेको थियो । विभागले पुस १ गतेदेखि गरेको प्रदूषण जाँच अभियानमा काठमाडौं उपत्यकामा चल्ने गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको र विशेषगरी डिजेलबाट चल्ने जिप, भ्यान, बसलगायत परीक्षणमा वायु प्रदूषणको मुख्य कारक रहेको पाइएको थियो ।

यसबाहेक प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने धुवाँ, इँटाभट्टाबाट निस्कने कालो धुवाँ तथा सडकमै थुप्रिएको धुलोका कारण वायु थप हानिकारक हुँदै गएको देखिएको छ । यसपटक हिउँदमा लामो समयसम्म वर्षा नहुँदा पनि वायु प्रदूषण थप बढ्दै गएको मौसमविद्हरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण मृत्युको चौँथो प्रमुख कारक हो ।

प्रदूषित वायुका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । नेपालमा वायु प्रदूषणजन्य रोगका कारण वर्सेनि ४२ हजार १०० जनाको मृत्यु हुने गरेको तथ्यांक छ । जाडोयाममा वातावरणमा अक्सिजनको मात्रा कम र अन्य दूषित ग्यासहरू हावी हुने ‘एन्टी अक्सिजन पोलुसन’ बढ्ने हुनाले यसले श्वासप्रश्वासजन्य समस्या बढाउने विज्ञहरू बताउँछन् ।

त्यतिमात्र नभई एन्टी अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन ’सी’ र ’ई’को मात्रालाई घटाइदिन्छ । परिणामस्वरूप छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्छ ।

ज्येष्ठ नागरिक, रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकहरूका लागि प्रदूषित हावापानीका कारण संक्रमणले छिटो आक्रमण गर्ने, श्वासप्रश्वासमा समस्या निम्त्याउने तथा निमोनियाको सम्भावना बढाउने हुँदा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top