×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टाट पल्टिने भएपछि पाकिस्तानले मन्त्रीलाई तलब नदिने

११ फाल्गुन २०७९

११ फाल्गुन, एजेन्सी ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट १.१ अर्बको सहयोग सुरक्षित गर्न आईएमएफको माग अनुसार विभिन्न कर तथा गैर कर शुल्कहरुमा फेरबदल गरेको छ। पाकिस्तानले टाट पल्टिनबाट बच्न पहिले नै आफ्नो मुद्रामा कृत्रिम क्यापहरू हटाइसकेको छ जसकारण यसको मूल्यमा एक चौथाई भन्दा बढीको गिरावट आएको छ।

त्यस्तै, इन्धनको मूल्य लगभग पाँच गुणाले बढेको छ र अझै बढ्ने अपेक्षा गरिएको छ। साथै, विलासिताका वस्तुहरूमा कर बढाइएको छ। आर्थिक संकट टार्न दाताका पूर्वसर्तहरू स्वीकार गर्दै कार्यान्वयनमा ल्याएको पाकिस्तानले आईएमएफसँग यसै हप्ता कर्मचारी–स्तरको सम्झौता पनि गर्न खोजिरहेको छ।

Advertisement

पाकिस्तानी अधिकारीहरूले केही साताअघि मिनी बजेट बिलमार्फत १ सय ७० अर्ब रुपैयाँ उठाउन नयाँ कर लगाएका छन्। यसबाट सर्वसाधारण मारमा परेका छन्। यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संघीय मन्त्रीपरिषद्सँगै मिडियालाई सम्बोधन गर्दै नगद बचतका नयाँ उपायको घोषणा गरेका छन्।

प्रधानमन्त्री सरिफले मन्त्री र विशेष सल्लाहकारहरूले आफ्नो तलब र सुविधा नलिने बताए। जुन २०२४ सम्म विलासिताका वस्तुहरू खरिद गर्न र सबै प्रकारका नयाँ कार खरिदमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ। सबै मन्त्रीहरूले टेलिफोन, बिजुली, पानी र ग्यासको बिल आफैं तिर्नुपर्नेछ।

मन्त्रिपरिषद्का सदस्यहरूले प्रयोग गर्ने सबै लक्जरी कारहरूको प्रयोग खारेज गरिनेछ र लिलामी गरिनेछ। संघीय मन्त्रीहरूले आन्तरिक यात्रा वा विदेश जाँदा इकोनोमी क्लासमा यात्रा गर्नेछन्। सहायक कर्मचारीहरू अबदेखि बिदेश भ्रमणमा जान नपाउने भएका छन्।

त्यस्तै, मन्त्रीपरिषद्का सदस्य विदेश भ्रमणका क्रममा पाँचतारे होटेलमा बस्न पाउने छैनन् । सरकारी अधिकारीहरूलाई केवल ‘अनिवार्य भ्रमण’ मात्र गर्न पाउने छन् र उनीहरूले इकोनोमी क्लासमा मात्र यात्रा गर्न पाउने छन्। सरकारी अधिकारीहरूलाई अब सुरक्षा कारहरू प्रदान गरिने छैन। यात्रा खर्च कम गर्न टेलिकन्फरेन्सिङ प्रवर्द्धन गरिनेछ।

आगामी दुई वर्षसम्म नयाँ प्रशासनिक एकाइ, डिभिजन वा उपविभाग बन्ने छैन । ग्यास र बिजुलीको बचत गर्न, कार्यालयहरू गर्मीमा बिहान ७ः३० बजे खुल्नेछन्। सरकारी कार्यक्रममा सामान्य खानेकुरा प्रदान गरिनेछ। ‘इस्लामाबादका सबै मन्त्रालय, प्रधानमन्त्री निवास र संघीय मन्त्रिपरिषद् एउटा मात्र परिकार प्रदान गरिनेछ।

चियाको समयमा चिया र बिस्कुट मात्रै दिइन्छ,’ प्रधानमन्त्रीले भने। त्यस्तै, मन्त्रालयहरू, विभागहरू तथा उप–विभागहरूमा चालु खर्चहरूमा १५ प्रतिशत कटौती गरिने सरिफले बताए। सरकारी घरलाई टाउनहाउसमा परिणत गरिनेछ। कुनै पनि अधिकारी वा मन्त्रीलाई ३०० डलरभन्दा बढीको राज्य उपहार राख्न अनुमति दिइने छैन।

प्रधानमन्त्री शरीफले चारै प्रदेशका मुख्यमन्त्री र उच्च पदस्थ अधिकारीहरूलाई पनि यस्तै उपायहरू लागू गर्न आग्रह गरेका छन्। पाकिस्तानको सरकारले सबै सपिङ मल तथा बजारहरू बेलुका ८.३० बजेसम्म बन्द गर्ने आदेश दिँदै ऊर्जा लागत बचत गर्न निर्देश पनि जारी गरेको थियो।

Advertisement

पाकिस्तान ६.५ अर्ब डलर प्याकेजको १.१ अर्ब डलर किस्ता अनलक गर्न आतुर भइरहेको छ। विदेशी मुद्रा सञ्चिती झनझन् रित्तिदै गएपछि पाकिस्तानमा रहेको भुक्तानी सन्तुलनको दीर्घकालीन समस्या अझ गहिरिदै गएको छ । फेब्रुअरी १० सम्म, पाकिस्तानको केन्द्रीय बैंकसँग केवल तीन हप्ताको आयात कभर गर्न पर्याप्त ३.२ अर्ब डलर रिजर्भ थियो।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top