Nepal Times
Nepal Times
3
Shares

नेपालले सिंगापुरलाई दियो विशाल लक्ष्य

नेपालले सिंगापुरलाई दियो विशाल लक्ष्य

१२ फागुन, एजेन्सी ।
आईसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । दुबईको अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनायो ।

नेपालका लागि आकाश त्रिपाठी र विशाल विक्रम केसीले शानदार अर्धशतकीय पारी खेले । १ सय बलको सामना गरेका त्रिपाठीले ७ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७८ र केसीले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ६३ रन बनाए ।

त्यस्तै, अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दिपक बोहराले १७, दिपक प्रसाद डुम्रेले १० र सुवास भण्डारीले अविजित १२ रनको योगदान दिए । सिंगापुरका लागि बलिङमा अभ्युदय छाजेर, आर्यवीर चौधरीले २÷२, अद्वित्य भार्गव र महियु भाटियाले एक÷एक विकेट हात पारे ।

नेपालका लागि आज सिंगापुरविद्धको खेलमा ७ जना खेलाडीले डेब्यू गरेका छन् । डेबू गर्नेमा आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपकप्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले गरेका छन् । जारी प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

दोस्रो खेलमा २५ तारिखमा कुबेतसककंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ । तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसककंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

नेपाली प्लेइङ–११ ः देव खनाल (कप्तान) रहेका छन् भने आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क), दिपक बोहरा (ख), दिपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.