ज्ञानेन्द्रको साथले दुर्गा प्रसाईं एमालेबाट निष्कासित

१२ फागुन ७९, शनिबार

१३ फागुन, काठमाण्डौ ।
नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निस्कासन गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

एमाले प्रदेश १ को कमिटीले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो । पार्टीको नीति विपरित गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो । केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई अतिथि बनाएर प्रसाईंले एक कार्यक्रम राखेका थिए ।

पछिल्लो समय उनी नागरिक बचाउ महाअभियानमा लागेका छन् । उनले मुलुक २०४६ सालअघि फर्काउनुपर्ने भन्दै भाषण समेत गरेका थिए । गणतन्त्रका लागि सशस्त्र युद्धमा होमिएका प्रसाईंले पछिल्लो पटक आफूलाई राजाको सक्रिय शासनको पक्षमा खुला रूपमा उभ्याएका हुन् ।

आज पार्टीले उनलाई निस्काशित गरेपनि यसअघि नै प्रसाईंले सार्वजनिक रूपमै एमाले छाडिसकेको घोषणा गरेका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए । ओलीले पनि उनको गतिविधिबारे पानीको लेभल मिल्दै जाने प्रतिक्रिया दिएका थिए ।

साथै पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थासँग सहकार्य गर्न दलहरूसँग गरेको प्रस्तावको कुनै अर्थ नभएको पनि बताएका थिए । पूर्वराजा शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै राजसंस्था र दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top