Nepal Times
Nepal Times
3
Shares

आर्सनल र म्यानचेस्टरमाथि जरिवाना

आर्सनल र म्यानचेस्टरमाथि जरिवाना

१३ फागुन, एजेन्सी ।
इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटी दण्डित भएका छन् । दुवै क्लबलाई फुटबल संघ (एफए) ले जरिवाना गरेको छ । यसै महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको हो ।

आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई ७५ हजार पाउण्ड जरिवाना गरिएको छ । यस्तै आर्सनलले एफए कपमा अक्सफोर्ड युनाइटेडविरुद्ध खेलमा पनि अनुशासनात्मक मुद्दाबाट थप २० हजार पाउन्ड जरिवाना दिनुपर्नेछ ।

शीर्ष होडमा रहेका आर्सनल र सिटीले खेल दौरान विभिन्न समयमा रेफ्री एन्थोनी टेलरलाई घेरेका थिए ।सिटीले खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो । सिटीका एर्लिङ ब्राउट हालान्डले पेनाल्टी पाएपछि आर्सनलले विरोध गरेको थियो, यो निर्णय भिएआरले उल्ट्याएको थियो ।

एडरसनको चुनौती र पछि एडी एकेटियाहलाई फाउल गरेपछि आर्सनललाई पहिलो हाफमा पेनाल्टी दिने निर्णयमा पनि सिटी असन्तुष्ट बन्दै रेफ्रीको आलोचना गरेको थियो । आर्सनल २३ खेलबाट ५४ अंक जोडेर शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी २४ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.