अफ्रिकामा द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु

१४ भदौ ७५, शुक्रबार

पेरिस,भदौ १५
अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ ।अध्ययनमा, यीमध्ये १२ महिना वा सोभन्दा कम उमेरका शिशुमात्र ३० लाख रहेका छन् ।

विश्व प्रसिद्ध द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानमा मृत्यु भएका बालबालिकाको एकएक गणना नगरिएको, तर अफ्रिकामा भएका १५,४४१ वटा द्वन्द्वको विश्लेषण गरिएको उल्लेख छ । यो द्वन्द्वमा झण्डै दशलाख मानिसको मृत्यु भएको थियो । ल्यान्सेटमा यिनै मृत्यु भएका व्यक्ति, बालबालिकाको जन्म र मृत्यु दर्तालाई अनुसन्धानमा समेटिएको छ ।

अनुसन्धाताहरुले १०० किलोमिटरको वरिपरिको क्षेत्रभित्र हुने बालमृत्यु तथा आठ वर्षसम्मको सशस्त्र द्वन्द्वका जोखिमलाई ध्यान दिएर तथ्याँक सङ्कलन गरेका थिए । यही आधारमा उनीहरुले अफ्रिकाका धेरै युद्धहरुमा बालमृत्युका घटनाको तथ्याँक विश्लेषण गरेका छन् ।

Advertisement

प्रतिवेदन लेखकहरुका अनुसार विगतमा अनुमान गरिएभन्दा बालमृत्युको संख्या बढेको पाइएको छ । “अरु कुनै महादेशमा भन्दा अफ्रिकी महादेशमा विगत ३० वर्षमा बढी दर्दनाक सशस्त्र द्वन्द्वहरु भइरहेका छन्,” उनीहरुले लेखेका छन् ।“यस विश्लेषणमा भनिएको छ, सशस्त्र द्वन्द्वको प्रभाव लडाकूको मृत्यु र भौतिक विनाशभन्दा बढी बालबालिकाको मृत्युको जोखिम हुन्छ र यसको प्रभाव लामो समयसम्म पर्दछ ।”

बालबालिकालाई प्रत्यक्ष घाउचोट लाग्नुका अलावा द्वन्द्वका कारण धेरै वर्षसम्म बालमृत्यु र पुड्कोपनका समस्या आइरहेको हुन्छ, प्रतिवेदनमा भनिएको छ ।गर्भवती महिला र नवजात शिशुका लागि उपचार सेवाको अभाव, सरसफाई सेवा र खानेपानीको प्रबन्धको व्यवस्थाको अभावमा फैलिने रोग तथा खाद्यान्न अभावका कारण कुपोषण तथा औषधिको अभावका कारण पनि आममहिलाको मृत्यु हुनुका साथै बालमृत्यु हुने गर्दछ ।
रासस/एएफपी

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top