×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

बालेनलाई असफल बनाउन खोज्नेहरु को हुन् ?

१४ फाल्गुन २०७९

१४ फागुन, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखेपछि उनको स्टाटसको विभिन्न कोणबाट विश्लेषण गरिएको छ । उनले लेखेका थिए, ’मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिले पनि बन्दैन।’

केन्द्रीय सरकारले नै बालेनलाई काम गर्न असहयोग गरी मेयर पदबाट राजीनामा दिन बाध्य पार्न खोजिएको बालेनको सचिवालयका सदस्य कुमार व्यञ्जनकारले बताएका छन । उनका अनुसार बालेनले २०–२५ दिनदेखि नेपाल सरकारसँग चार–पाँच वटा कुरामा सहकार्य गर्न खोजिरहेका छन्।तर सरकारले कुनै पनि चासो व्यक्त नगरेको उनको भनाइ छ।

Advertisement
Advertisement

’गृह मन्त्रालयसँग मेयरका लागि सुरक्षा चाहियो भनेर माग गरेका थियौं। त्यसबारे अहिलेसम्म कुनै पनि कुरा आएको छैन,’ व्यञ्जनकारले भने, ’उहाँले प्रधानमन्त्रीसँग भेटेर कुरा गर्न पनि खोज्नुभयो। तर कुनै पनि जवाफ आउँदैन।’ गृह सचिवलाई भन्दा गृह मन्त्रीलाई भन्नु पर्ने र गृह मन्त्रीलाई भन्दा प्रधानमन्त्रीलाई भन्नुपर्ने भन्दै काम नगरेको उनको भनाइ छ।

’अहिले प्रधानमन्त्री नै गृहमन्त्री हुनुहुन्छ। कुनै पनि कल र म्यासेजको रेस्पोन्स पनि दिनु हुँदैन,’ उनले भने, ’गृह सचिवलाई काम गर्ने अधिकार नै दिनु हुँदैन। स्थानीय सरकारले सहयोग माग्ने भनेको केन्द्र सरकारमा हो तर केन्द्र सरकारले नै सहयोग नगरेपछि त यो काम नगर भनेर राजीनामा दे भनेर बाध्य पारिएको त हो नि!’ काठमाडौंको मेयर जस्तो मान्छेले आफूलाई सुरक्षा चाहियो भन्दा नदिएपछि आक्रोशमा उक्त स्ट्याटस लेखिएको व्यञ्जनकारले बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै बालेनले पुस २९ गते सुरक्षाकर्मी माग गरेका थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएको बताएका थिए। मंसिर १२ गते थापाथलीको सुकुम्बासी बस्ती हटाउने क्रममा महानगरीय प्रहरीमाथि ढुंगामुढा गर्ने र बालेनलाई ज्यान मार्ने धम्की दिने ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता गरेको थियो।

किटानी जाहेरीमा १ महिलासहित ५ जना पुरूष रहेका छन्। प्रहरीमा किटानी जाहेरी दिँदा पनि ती व्यक्तिहरूलाई नपक्रिएको उनी बताउँछन्। मनोहरा आयोजनामा बाँधिएको बाँध जाहेरी दिएकै मानिसको समूहले डोजर चलाई भत्काएको व्यञ्जनकारले बताए। राज्यको समान्य नागरिकले पनि असुरक्षित भएको गुनासो गरेपछि उसलाई पूर्ण सुरक्षाको प्रत्याभूति गर्नु राज्यको कर्तव्य हो ।

जनताको सुरक्षाकै लागि त सेना शसस्त्र तथा नेपाल प्रहरी र राष्ट्रिय अनुशन्त्रान आयोग लगायतका सुरक्षा संयन्त्र गरेका छन् । तर जनताको प्रतिनिधिले नै आफू असुरक्षित भए भन्दै सुरक्षा माग गरेको अवस्थामा उसलाई सुरक्षाको पूर्ण प्रत्याभूति गर्नुको साटो उसलाई थप असुरक्षित बनाएको अनुभूति गराउने वातावरण किन र कसले गरेको होला ? महानगरका मेयर र उपमेयरको सुरक्षा नगर रक्षकहरुले गर्दै आएको देखिन्छ।

यसैले उनीहरुले थप सुरक्षा नपाउन हुन् कि ? यदि मेयर बालेन सुरक्षित नै छन् र उनलाई सुरक्षाको त्यस्तो कुनै जोखिम नै रहेको छैन् भने जिल्ला प्रशासन, केन्द्र सरकार, गृहमन्त्रालय तथा गृहमन्त्रीले त्यस्तो जानकारी उनलाई किन नदिएका होलान् ? यी उनको स्टाटस पछि अनुत्तरित रहेका प्रश्नहरु हुन् । बालेनले राजीनामा मागेको बारे स्टाटस लेखेपछि यो उनको स्टाटसमा कमेन्ट मात्रै २१ ह्जार भन्दा बढी आएको छ भने झन्डै ९ हजार त शेयर भएको छ ।

Advertisement

उनको यो स्टाटस आएपछि बालेन जस्तै स्वतन्त्र रुपमा उम्मेदवार बनेर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका मेयर हर्क साम्पाङले पनि स्टाटस लेखेका छन् उनले भनेका छन् , भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी !

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top