×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

उपप्रधानमन्त्री पाए सिके राउत पनि सरकारमा जाने

१८ फाल्गुन २०७९

१८ फागुन, काठमाण्डौ ।
आठ दलीय गठबन्धनमा रहेको सिके राउत नेतृत्वको जनमत पार्टीले उपप्रधानसहित दुई मन्त्रालयको माग गरेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका खानेपानीमन्त्री अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरे । उनले भने, ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं।

उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न । अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ।’ उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा. सिके राउत जाने सम्भावना रहेको बताए । यसअघि सात दलीय गठबन्धनमा उद्योग मन्त्रालय मागेपनि खानेपानी मन्त्रालय दिएपछि लामो समयपछि मात्रै स्वकारेको थियो ।

Advertisement
Advertisement

आज नेपाली कांग्रेस नेतृत्वको आठदलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिएको छ । आसन्न राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउने संकल्पसहित प्रशिक्षण कार्यक्रम राखिएको हो ।

गठबन्धनका दलहरूले यसअघि राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रसमेत बनाइसकेका छन् ।नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा तीनकुनेस्थित एक ब्याक्वेटमा प्रशिक्षण कार्यक्रम जारी छ । प्रशिक्षणमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई बोलाइएको छ ।

Advertisement
Advertisement

कार्यक्रममा गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरकि उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्दैछन । माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । पौडेलविरुद्ध एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई खडा गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top