खर्च सकिएको पाकिस्तानको मुद्राको भाउ विरक्त लाग्दो

१८ फागुन, एजेन्सी ।

अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई ऋण दिन ढिलाइ गर्दा पाकिस्तानी मुद्रा डलरको तुलनामा निकै खस्किएको छ । बिहीबार पाकिस्तानी मुद्राको भाउ १९ रूपीले घट्दै एक डलर बराबर २८४.८५ पाकिस्तानी रुपी पुगेको छ । मुद्राकोष आफ्ना ४ वटा शर्त माने मात्रै पाकिस्तानलाई अर्को किस्ता ऋण दिने बताएको छ ।

पाकिस्तान सरकार र मुद्राकोषबीच ऋणको विषयमा भइरहेको मतभेद हेर्दा ऋण पाउन कठिन भएको विश्लेषकहरू बताउँछन्। यसै कारणले गर्दा पाकिस्तानी रूपी भारी दबाबमा परेको छ । यसअघि बुधबार एक डलर बराबर २६६.११ पाकिस्तानी रुपी थियो।

यसअघि पाकिस्तानी अधिकारीहरूले मुद्राकोषले आफूहरूलाई उसको सदस्य नभई भिखारीको रूपमा व्यवहार गरिरहेको आरोप लगाएका थिए । पाकिस्तान अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ र उसको विदेशी मुद्रा सञ्चिति जम्मा ३ अर्ब डलर छ ।

यो रकमबाट ३ हप्ता मात्रै आयात गर्न पुग्छ । यस्तो अवस्थामा पाकिस्तानलाई अब मुद्राकोषसँग तत्काल सम्झौता अत्यावश्यक छ । मुद्राकोषबाट पाकिस्तानले १.२ बिलियन डलरको नयाँ किस्ता ऋण पाउनु भनेको साउदी अरेबिया र युएई जस्ता अन्य मित्र राष्ट्रहरूबाट पनि ऋण लिन पाउने बाटो खुल्नु हो ।

मुद्राकोषले ऋण दिन पत्याएमा ती देशहरूले पनि पाकिस्तानलाई ऋण दिनेछन् । यसअघि पाकिस्तानले २८ फेब्रुअरीमा मुद्राकोषसँग सम्झौता हुने आशा राखेको थियो तर त्यसो भएन । पाकिस्तान सरकारले आफूलाई ऋणको नयाँ किस्ता दिन मुद्राकोषलाई लागि मनाउन सकेको छैन ।

यसैबीच पाकिस्तानको वार्षिक मुद्रास्फीति फेब्रुअरीमा ३१.५५ प्रतिशतको रेकर्ड उच्च पुगेको छ । खाद्यान्न तथा यातायातमा भएको मूल्य वृद्धिका कारण यो अवस्था आएको हो। सञ्चारमाध्यम डनले आरिफ हबीब कर्पोरेशनका अनुसार जुलाई १९६५ देखि उपलब्ध तथ्याङ्कमा आधारित मूल्य वृद्धि अहिलेसम्मकै उच्च भएको बताएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top