Nepal Times
Nepal Times
3
Shares

आज नेप्सेमा २६ अंकको गिरावट

आज नेप्सेमा २६ अंकको गिरावट

१८ फागुन, काठमाडौँ ।

लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.४८ ले घट्दै १९ सय ६९.०१ अंकको विन्दुमा झरेको हो ।

यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ४.८१ अंकले घट्दै ३७३.५६ अंकमा झरेको छ ।उसो कारोबार रकम समेत घटेर आज १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर कारोबार भएको छ ।

साताको अन्तिम कारोबार दिन समेत रहेको आज १३ वटा उपसूचक नै ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४।२९ प्रतिशतले वृद्धि भएको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७ प्रतिशतले गिरावट आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.