×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

२० फाल्गुन २०७९

२० फागुन,एजेन्सी।
महाशक्ति अमेरिकाका लागि मुख्य चुनौती रहेको अर्को महशक्ति चीन पछिल्ला वर्षहरुमा प्रविधिको क्षेत्रमा तिव्र फड्को मारिरहेको छ । हालै सार्वजनिक भएको एक रिपोर्टले प्रविधिको मामिलामा चीनले पश्चिमी कयौं लोकतान्त्रिक व्यवस्थाहरुलाई निकै पछाडि पारेको खुलासा गरेको छ ।

उक्त रिपोर्टमा भनिएको छ, कि चीनले भविष्यका यस्ता प्रविधिहरुका लागि पनि आफूलाई तयार गरिरहेको छ जुन अहिले अस्तित्वमै छैनन । अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टीट्युट (ब्क्एक्ष् ) ले हालै प्रकाशित गरेको रिर्पोटका अनुसार चीन ४४ महत्वपूर्ण प्रविधिहरुमध्ये ३७ मा अगाडि छ ।

Advertisement
Advertisement

यतिमात्रै होइन चीनले साइन्टिफिक र रिसर्चको सफलताको मामिलामा कयौं पश्चिमा मुलुकहरुलाई पनि पछाडि पारेको छ । रिपोर्टमा भनिएको छ, चीन विश्वमा प्रविधिको महाशक्ति बन्ने ल्याकत राख्छ । उक्त रिपोर्टका अनुसार चीनको रक्षा, अन्तरिक्ष, उर्जा, पर्यावरण, बायोटेक्नोलोजी, आर्टिफिशियल इन्टेलिजेन्स, एडभान्स मटेरियल र की क्वान्टम क्षेत्रमा दबदबा रहेको छ ।

यसबाहेक चीन ड्रोन, मसिन लर्निंग, इलेक्ट्रिक ब्याट्री, न्यूक्लियर इनर्जी, फोटोभोल्ट्याक्स, क्वान्टम सेन्सर्स लगायत कयौं क्षेत्रमा निकै अगाडि पुगिसकेको छ । एएसपीआईको रिपोर्ट अनुसार केही क्षेत्रमा त चीनको शक्तिको स्थिति यस्तो छ कि विश्वका सबै शीर्ष १० संस्थाहरु चीनमा नै छन् ।

रिपोर्टका अनुसार अमेरिका केबल ७ महत्वपूर्ण प्रविधिहरुमा मात्रै अगाडि छ । यस्तै बेलायत र भारत पनि ४४ मध्य २९ प्रविधिहरुको मामिलामा शीर्ष पाँच देशहरुमा सामेल छन् । दक्षिण कोरियाको संदर्भमा यो आँकडा २० र जर्मनीको १७ छ । एएसपीआईले भनेको छ, चीनको यस किसिमले बढिरहेको शक्ति लोकतान्त्रिक भनिएका देशहरुका लागि खतराको घन्टी हुनसक्छ ।

Advertisement

उसले भनेको छ, यदी लामो अवधिमा हेर्ने हो भने रिसर्चमा चीनको अब्बल हुँदै गएको स्थितिको अर्थ, उसले लगभग सबै क्षेत्रमा वर्तमान प्रविधिहरुमा न केबल आफूलाई मजबुत बनाएको छ बरु भविष्यको ति प्रविधिहरुमा पनि अगाडि छ जो अहिले अस्थित्वमै छैनन ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top