Nepal Times
Nepal Times
3
Shares

टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

२० फागुन,एजेन्सी।
महाशक्ति अमेरिकाका लागि मुख्य चुनौती रहेको अर्को महशक्ति चीन पछिल्ला वर्षहरुमा प्रविधिको क्षेत्रमा तिव्र फड्को मारिरहेको छ । हालै सार्वजनिक भएको एक रिपोर्टले प्रविधिको मामिलामा चीनले पश्चिमी कयौं लोकतान्त्रिक व्यवस्थाहरुलाई निकै पछाडि पारेको खुलासा गरेको छ ।

उक्त रिपोर्टमा भनिएको छ, कि चीनले भविष्यका यस्ता प्रविधिहरुका लागि पनि आफूलाई तयार गरिरहेको छ जुन अहिले अस्तित्वमै छैनन । अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टीट्युट (ब्क्एक्ष् ) ले हालै प्रकाशित गरेको रिर्पोटका अनुसार चीन ४४ महत्वपूर्ण प्रविधिहरुमध्ये ३७ मा अगाडि छ ।

यतिमात्रै होइन चीनले साइन्टिफिक र रिसर्चको सफलताको मामिलामा कयौं पश्चिमा मुलुकहरुलाई पनि पछाडि पारेको छ । रिपोर्टमा भनिएको छ, चीन विश्वमा प्रविधिको महाशक्ति बन्ने ल्याकत राख्छ । उक्त रिपोर्टका अनुसार चीनको रक्षा, अन्तरिक्ष, उर्जा, पर्यावरण, बायोटेक्नोलोजी, आर्टिफिशियल इन्टेलिजेन्स, एडभान्स मटेरियल र की क्वान्टम क्षेत्रमा दबदबा रहेको छ ।

यसबाहेक चीन ड्रोन, मसिन लर्निंग, इलेक्ट्रिक ब्याट्री, न्यूक्लियर इनर्जी, फोटोभोल्ट्याक्स, क्वान्टम सेन्सर्स लगायत कयौं क्षेत्रमा निकै अगाडि पुगिसकेको छ । एएसपीआईको रिपोर्ट अनुसार केही क्षेत्रमा त चीनको शक्तिको स्थिति यस्तो छ कि विश्वका सबै शीर्ष १० संस्थाहरु चीनमा नै छन् ।

रिपोर्टका अनुसार अमेरिका केबल ७ महत्वपूर्ण प्रविधिहरुमा मात्रै अगाडि छ । यस्तै बेलायत र भारत पनि ४४ मध्य २९ प्रविधिहरुको मामिलामा शीर्ष पाँच देशहरुमा सामेल छन् । दक्षिण कोरियाको संदर्भमा यो आँकडा २० र जर्मनीको १७ छ । एएसपीआईले भनेको छ, चीनको यस किसिमले बढिरहेको शक्ति लोकतान्त्रिक भनिएका देशहरुका लागि खतराको घन्टी हुनसक्छ ।

उसले भनेको छ, यदी लामो अवधिमा हेर्ने हो भने रिसर्चमा चीनको अब्बल हुँदै गएको स्थितिको अर्थ, उसले लगभग सबै क्षेत्रमा वर्तमान प्रविधिहरुमा न केबल आफूलाई मजबुत बनाएको छ बरु भविष्यको ति प्रविधिहरुमा पनि अगाडि छ जो अहिले अस्थित्वमै छैनन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.