रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

२१ फागुन, एजेन्सी ।
रुसी कोभिड भ्याक्सिन स्पुतनिक वी बनाउने वैज्ञानिक आन्द्रे बोटीकोभको घाँटी थिचेर हत्या गरिएको छ । रूसी अधिकारीहरूले शुक्रबार बोटिकोभको शव उनको अपार्टमेन्टबाट फेला पारेको बताएका छन्। वैज्ञानिकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक प्रमाण फेला परेको र यसपछि मस्को प्रहरीले सम्पूर्ण मामिलाको अनुसन्धान सुरु गरेको प्रहरीलाई उदृछ गर्दै रुसी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

४७ वर्षीय एन्ड्रे बोटिकोभ रुसका शीर्ष भाइरोलोजिस्टमध्ये एक हुन्। उनी गमलेया राष्ट्रिय अनुसन्धान केन्द्रमा स्पुतनिक वी भ्याक्सिनमा काम गर्ने १८ भाइरोलोजिस्टहरूको टोलीमा थिए। बोटिकोभले फादरल्याण्डको लागि अर्डर अफ मेरिट पनि पाएका छन्। स्पुतनिक वी भ्याक्सिनलाई विश्वको पहिलो एन्टि कोभिड भ्याक्सिन मानिन्छ ।

यसलाई सन् २०२० मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले भव्य समारोहमा उद्घाटन गरेका थिए। उनले आफ्नी कान्छी छोरीले यो खोपको डोज लिएको दाबी गरेका थिए । तर, रुसको यो दाबीमा अमेरिकालगायत धेरै देशले शंका उठाएका थिए । पहिलो पटक ल्याइए पनि विश्व स्वास्थ्य संगठनले लामो समयसम्म यो खोपलाई स्वीकृत गरेन।

Advertisement

भारतले रुसबाट स्पुतनिक वी भ्याक्सिन किन्ने सम्झौता पनि गरेको थियो । वैज्ञानिक आन्द्रेको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी आक्रमण गरेको दाबी गरिएको छ । अहिले रुसको शीर्ष एजेन्सी (इन्भेस्टिगेशन कमिटी अफ रुस) ले यस विषयमा अनुसन्धान गरिरहेको छ । यस मामिलामा २९ वर्षीय युवक पक्राउ परेका छन् ।

विवादका कारण उक्त आक्रमणकारीले वैज्ञानिकलाई बेल्टले कुटपिट गरेको आरोप छ । आईसीआरको मस्को डिभिजनले जारी गरेको विज्ञप्तिमा आपराधिक अनुसन्धान भइरहेको र आक्रमणकारीलाई छोटो समयमा नै पक्राउ गरिएको जानकारी दिएको छ।

प्रहरीले सोधपुछका क्रममा आरोपितले आफ्नो अपराध स्वीकार गरेको दाबी गरेको छ ।रूसी मिडियाका अनुसार संदिग्धको नाम एलेक्से जेड हो र उनले यसअघि पनि १० वर्ष जेलमा बिताइसकेका थिए । बोटिकोभ देशका एक प्रख्यात वैज्ञानिक थिए र खोपमा उनको कामको लागि फादरल्याण्डको लागि अर्डर अफ मेरिटबाट सम्मानित भएका थिए।

स्पुतनिक वी भ्याक्सिनमा काम गर्नु अघि, बोटिकोभले डीआई इभानोव्स्की इन्स्टिच्युट अफ भाइरोलोजीमा रुसी स्टेट कलेक्शन अफ भाइरसहरूमा वरिष्ठ वैज्ञानिकको रूपमा सेवा गरेका थिए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top