×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

प्रचण्डविरुद्धको रिटले छरप्रष्ट माओवादी अब एक हुने

२१ फाल्गुन २०७९

२१ फागुन, काठमाण्डौ ।
तत्कालीन माओवादी जनयुद्धका सुप्रिमो, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएपछि यतिबेला माओवादी दलहरुको धड्कन बढेको छ । मुख्य दल माओवादी केन्द्रले आज एक विज्ञप्ती निकालेर यसमा आपत्ति जनाएको छ, भने उबाट छुट्एिर र छरिएर रहेका अन्य साना दलहरुले पनि एक स्वरमा यसको विरोध जनाएका छन् ।

आइतबार माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति जारी गर्दै उक्त आदेश प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । ‘१० वर्षे महान जनयुद्ध, २०६२÷०६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको वृहत शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधान सभाको निर्वाचन तथा संविधान सभाबाट निर्मित संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचनासहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरुविरुद्ध हुने कुनै पनि गतिविधिलाई यसदल अस्वीकार गर्दछ ।

Advertisement
Advertisement

त्यस्तो कार्यप्रति घोर भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ । अध्यक्ष प्रचण्डले पनि यसलाई आफूहरूविरुद्ध षडयन्त्र भइरहेको रुपमा लिएकाछन् । माओवादीहरू विभिन्न धारमा विभाजित भएको अवस्था हुँदा पनि बलियो रहेको थाहा पाएर नै षडयन्त्र भइरहेको उनको भनाइ छ ।

सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिनमा आयोजित कार्यक्रममा दाहालले भने, ’माओवादीहरू एकठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी तत्वहरू निकै कमजोर छन्, माओवादीले फेरि एकचोटि विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास छ ।’

उनले अब सबै माओवादीहरु एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध गराएको पनि बताएका छन् । यस्तै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । अहिले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेकाले पनि एकठाउँमा आउन जरुरी रहेको उनले बताए ।

‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’, उनले भने, ‘तीन वर्षअघिको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजको होइन ? जिस्क्याएको होइन ?’ यस्ता मुद्दाहरुमा सहकार्य गर्नुपर्ने उनले बताए ।

‘हामी सबै मिलेर किन सडकमा निस्कन सक्दैनौं ? सक्छौं’, भट्टराईले अघि भने, ‘सक्नेहरु विचार मिल्नेहरुको एउटै पाटी बनाउन, विचारमा अलि फरक हुनेहरु मोर्चा बनाउँ, त्यो नबनाउने हो भने कार्यगत एकता गरौं र यस्ता मुद्दाहरुमा सहकार्य गरौं ।’ यसले एउटा शक्ति बन्ने र शहीद वेपत्ताहरुको सपना पूरा गर्न सकिने भट्टराईको निष्कर्ष छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध हाँकेका माओवादीहरुलाई हत्यारा ठहर गर्नेहरुलाई ठेगान लगाउन सक्ने चेतावनी नै दिए । ’माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई हामी ठेगान लाउन सक्छौँ’, उनले भने, ’२ सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौँ सम्पत्ति थुपार्नेहरु अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरु अपराधी? हेक्का राखे हुन्छ।

’उनले अहिले आफूहरुलाई अपराधी बनाउन खोजिने गरी व्याख्या गर्नेहरुलाई जनयुद्धमा भेटेको भए त्यहीँ सिद्याइदिने पनि उल्लेख गरे । ’यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजिँदैछ । इतिहास फेरि दोहोरिन सक्छ हेक्का राखे हुन्छ’, उनले भने, ’इतिहास दोहोरिने बेला हुँदैछ। फेरि जनताको आशामा इतिहास दोहोरिन सक्छ ।

माओवादीहरु एक हुन सक्छन्, फेरि जनक्रान्ति हुन सक्छ।’ यस्तै पूर्व माओवादी नेता तथा नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जसले जति नारा लगाएपनि राजतन्त्र नफर्किने भन्दै देशमा अधुरा रहेका क्रान्तिहरु सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्ने बताए ।

उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने धारणा राखेका छन् । माओवादी युद्धका मुख्य नेताहरु लामो समयको अन्तरालपछि एउटै मञ्चमा देखिएका हुन् । प्रचण्डले माओवादीहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताइरहेका बेला ‘शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ले नेताहरुलाई एकै मञ्चमा ल्याएको हो ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top