Nepal Times
Nepal Times
3
Shares

नेप्सेमा आज ३०.७७ अंकको गिरावट

नेप्सेमा आज ३०.७७ अंकको गिरावट

२१ फागुन,काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ।

यसको ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ । आइतबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ।आजको कारोबारमा सुभम सिमेन्टको १० प्रतिशतले सेयर मूल्य बढेको छ।

यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। युनिक लघुवित्त, एनएमबि ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.