×

NEPAL TIMES UPDATES

Playing
नेपाली राजनीतिमा बबण्डर मच्चाएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026
Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026
Playing
चट्याङले बाबुछोराको मृ*त्यु, ४ जना घाइते|| Nepal Times
Apr 27, 2026
Playing
इरानी विदेशमन्त्रीले पुटिनलाई भेट्दै, हजारौं अमेरिकी बम बरामद|| Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासीका १२ सय ७२ वटा घर भत्काइए,५ सय ७८ परिवार सम्पर्कमा|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारको एक महिना : विवाद कम प्रशंसा बढी || Nepal Times
Apr 27, 2026

रुसविरुद्ध पाकिस्तानलाई कसले भड्कायो ?

२३ फाल्गुन २०७९

२३ फागुन, एजेन्सी ।
युक्रेनयुद्धमा हतियार आपूर्तीसंग जोडिएर पटक पटक चर्चामा आउने देश हो पाकिस्तान । पछिल्लो पटक युक्रेनमा हतियार पठाउने संदर्भमा बेलायतले पाकिस्तानसंग एउटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेपछि यो मुलुक फेरि चर्चामा छ ।

यो सम्झौतामा युक्रेनमा गोला, बारुददेखि आर्टिलरी रकेट जस्ता हतियारहरु पठाइने उल्लेख गरिएको छ । यसअघि बेलायतले एक एयर ब्रिजमार्फत यूक्रेनलाई हतियार पठाएको थियो र पाकिस्तान त्यसको हिस्सा बनेको थियो । अंग्रेजी अखबार द इकनमिक टाइम्समा प्रकाशित खबरअनुसार बेलायतको रक्षा मंत्रालयले पछिल्लो सम्झौता पाकिस्तानको अर्डिनेन्स फ्याक्ट्रीसंग गरेको हो ।

Advertisement
Advertisement

यस अन्तरगत गत फेब्रुअरी महिनामा हतियारहरुले भरिएका १६२ कन्टेनरहरु कराची पोर्टबाट जर्मनीे हुँदै युक्रेन पठाइएको थियो । जुन कराची बंदरगाहबाट एमवी ज्यूस्ट जहाजको माध्यमबाट जर्मनीको एमडेन बंदरगाहमा पठाइएको थियो । द इकनोमिक टाइम्सले बेलायती एयर ब्रिजलाई लिएर विस्तृत खबरहरु प्रकाशित गरेको छ, जसमा पाकिस्तानको भूमिका रहेको खुलेको छ ।

यी खबरका अनुसार रुसले आक्रमण थालेपछि बेलायतले एक एयर ब्रिजको माध्यमबाट युक्रेनलाई हतियार र गोलाबारुद पठाएको थियो । एयर ब्रिज भनेको ती देशहरुको हवाई क्षेत्रबाट उडान भर्नु हो जहाँ जोखिम अपेक्षाकृत कम हुन्छ । अर्थात युक्रेनसम्म हतियार पठाउन सहमतजस्तै भएका देशहरुको हवाईक्षेत्र यसमा प्रयोग हुन्छ ।

खबर अनुसार बेलायतले कथित रुपमा युक्रेनलाई गोला–बारूद र हतियार पठाउँनका लागि एयर ब्रिज मार्फत पाकिस्तानी सेनाको मुख्यालय भन्ने गरिएको रावलपिन्डीस्थित नूर खान एयर बेसको प्रयोग गरेको थियो । ६ देखि १५ अगस्टको बीचमा ईरान र अफगानिस्तानको हवाई क्षेत्रबाट बच्दै पश्चिम एशियाली हवाई क्षेत्रमा बेलायती एयरफोर्सको विमान सी– १७ ए ग्लोबमास्टर थर्ड (कल साइनः जेड जेड वान सेभेन थ्री ले उडान भरेको पनि खबरमा बताइएको छ ।

यो उडान भूमध्य सागरस्थित बेलायती एयर बेसबाट रावलपिन्डी र त्यसपछि रोमानियातर्फ सोझिएको थियो । यूक्रेनलाई दिइएको आर्टिलरी रकेट आदि यस एयर ब्रिजकै माध्यमबाट पठाइएको जानकारहरु बताउँछन् । बेलायतकोे पाकिस्तानसंग गहिरो संबन्ध, खासगरि रक्षा क्षेत्रमा, भारत र बेलायतका सम्बन्धमा तिक्तताको विषय रहँदै आएको छ ।

बेलायत बाहेक पोल्याण्डको एक फर्मले पनि यूक्रेनलाई हतियार र गोला–बारूद पठाउनका लागि पाकिस्तानी कंपनीसंग सम्झौता गरेको छ । यसका साथै केही अन्य पाकिस्तानी र पोलिश कम्पनीहरु प्नि यो मामिलामा मिलेर काम गरिरहेका छन् । र क्यानडाको एक कंपनीले यो प्रक्रियमा मध्यस्थकर्ताको भूमिका निभाइरहेको पनि खुलेको छ ।

द इकनमिक टाइम्सले गत महिना आफ्नो खबरमा भनेको थियो, कि पाकिस्तानी अर्डिनेन्स फ्याक्ट्रीका एजेंट इस्लामाबाद स्थित डीएमआई एसोशिएट्सले पोल्याण्डको सरकारी एजेंसीसंग एक एमओयू (सहमति पत्र) पर हस्ताक्षर गरेको छ ।

यो मामिलामा पोलिश फर्म पीएचयू लेखमर एलएलसी मध्यस्थ विक्रेता र क्यानडास्थित फर्म ट्राडेन्ट ग्लोबल सल्यूशन्स मध्यस्थ कन्सल्टेन्टको भूमिकामा हुने छ । यसअघि पाकिस्तानको काँधमा राखेर प्रयोग गरिने एयर डिफेन्स सिस्टम अनजा मार्क २ को एक खेप पोल्याण्ड निर्यात गरिएको छ ।

Advertisement

जुन यूक्रेन पठाइने बताइएको छ । यसलाई पाकिस्तानबाट पोल्याण्ड पठाउनका लागि मिलेनियम टेक्नोलजीज र पोल्याण्डको ओमिडा सी एंड एयरबीच कुराकानी भइरहेको बुझिएको छ । पाकिस्तानले केही समय अघि जर्मन बंदरगाहबाट यूक्रेनमा दस हजारभन्दा धेरै आर्टिलरी रकेट पनि पठाइसकेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top