Nepal Times
Nepal Times
3
Shares

नेयमारलाई खुट्टाको चोटले सतायो/यो सिजन नै गुमाउने

नेयमारलाई खुट्टाको चोटले सतायो/यो सिजन नै गुमाउने

२३ फागुन, एजेन्सी ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारले यो सिजनको बाँकी खेल गुमाउने भएका छन् । खुट्टाको चोटमा शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनको बाँकी खेल गुमाउने भएको क्लबले जनाएको छ ।

१९ फेब्रुअरीमा पिएसजीको घरेलु टोली लिलमाथि ४–३ ले को जित निकालेको खेलमा नेयमारले दाहिने खुट्टामा चोट बोकेका थिए । चोटका कारण यो सिजन नै गुमाउने भएपछि नेयमारले सामाजिक सन्जालमा आँफु झन बलियो बनेर आउने बताएका छन् ।

३१ वर्षीय नेयमारले पछिल्लो ६ वर्षयता लगातार दायाँ खुट्टामा चोट बोक्दै आइरहेको छ । अब पुन सोही दायाँ खुट्टाको शल्यक्रिया हुँदैछ । क्लबले उनको खुट्टाको शल्यक्रिया आवश्यक रहेको उनी पूर्ण रुपमा फिट हुन कम्तीमा तीन देखि ४ महिना लाग्ने बताएको छ ।

त्यस बेलासम्म यो सिजनको खेलहरु सकिनेछ । नेयमारलाई पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लगातार चोट बोकिरहेको छ । सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए ।

बार्सिलोनाका पूर्व फरवार्ड नेयमारले दायाँ खुट्टाकै लिगमेन्ट च्यातिएका कारण सन् २०१९ को कोपा अमेरिका कपसँगै सन् २०२१ मा पनि सोही खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए । नेयमारले यस सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल र १० असिस्ट प्रदान गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.