नेयमारलाई खुट्टाको चोटले सतायो/यो सिजन नै गुमाउने

२३ फागुन, एजेन्सी ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारले यो सिजनको बाँकी खेल गुमाउने भएका छन् । खुट्टाको चोटमा शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनको बाँकी खेल गुमाउने भएको क्लबले जनाएको छ ।

१९ फेब्रुअरीमा पिएसजीको घरेलु टोली लिलमाथि ४–३ ले को जित निकालेको खेलमा नेयमारले दाहिने खुट्टामा चोट बोकेका थिए । चोटका कारण यो सिजन नै गुमाउने भएपछि नेयमारले सामाजिक सन्जालमा आँफु झन बलियो बनेर आउने बताएका छन् ।

३१ वर्षीय नेयमारले पछिल्लो ६ वर्षयता लगातार दायाँ खुट्टामा चोट बोक्दै आइरहेको छ । अब पुन सोही दायाँ खुट्टाको शल्यक्रिया हुँदैछ । क्लबले उनको खुट्टाको शल्यक्रिया आवश्यक रहेको उनी पूर्ण रुपमा फिट हुन कम्तीमा तीन देखि ४ महिना लाग्ने बताएको छ ।

त्यस बेलासम्म यो सिजनको खेलहरु सकिनेछ । नेयमारलाई पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लगातार चोट बोकिरहेको छ । सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए ।

बार्सिलोनाका पूर्व फरवार्ड नेयमारले दायाँ खुट्टाकै लिगमेन्ट च्यातिएका कारण सन् २०१९ को कोपा अमेरिका कपसँगै सन् २०२१ मा पनि सोही खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए । नेयमारले यस सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल र १० असिस्ट प्रदान गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top