Nepal Times
Nepal Times
45
Shares

इक्युवालिटि कप महिला क्रिकेट विराटनगरमा सुरु

इक्युवालिटि कप महिला क्रिकेट विराटनगरमा सुरु

२५ फागुन, विराटनगर ।
दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा सुरु भएको छ । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता सुरु भएको हो ।

नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा मोरङ र सिरहा विजयी भएका छन् । पहिलो खेलमा कोशी प्रदेशको मोरङले गण्डकी प्रदेशको एमसिसि महिला–११ लाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित १६ ओभरमा २ विकेट गुमाई १ सय ४९ रनको विशाल स्कोर बनाएको थियो । मोरङकी वुमेन अफ द म्याच सोनु राजवंशीले ३१ रन बनाउँदा टिका साहले अविजित ३० रन, पुर्णीमा राजवंशीले २४ रन र सृजना राजवंशीले अविजित २१ रनको योगदान दिइन् ।

एमसिसिकी सुशीला तामाङ र एलिना गोतामेले १–१ विकेट लिइन् । १ सय ५० रनको विशाल लक्ष्य पछ्याएको एपसिसिले १३ दशमलव १ बलमा ४५ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा खुशी राजवंशी र वेदिका राजवंशी २–२ विकेट लिइन् ।

दोस्रो खेलमा सिरहाले सप्तरीलाई २ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १२ रनको स्कोर बनाएको थियो । सिरहाकी चन्द्रीका साहले ३१ रन अजमेरी खातुनले १२ रन बनाइन् ।

सप्तरीकी बन्दना च्बजकले ३ विकेट लिँदा साक्षी यादवले २ विकेट लिइन् । १ सय १३ रनको लक्ष्य पछ्याएको सप्तरीले निर्धारितओभरमा ९ विकेट गुमाई १ सय १० रनमा सिमित भयो । सप्तरीकी बन्दना रजकले १३ रन बनाउँदा दिपिका पंिशले अविजित १२ रन, साक्षी यादवले १२ रन र सुस्मीता यादवले पनि १२ रन बनाइन् ।

सिरहाकी वुमेन अफ म्याच चन्द्रिका साहले ४ लिँदा रोशनी साहले २ विकेट लिइन् । फाल्गुण २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहा तथा गण्डकी प्रदेशबाछ एमसिसि–११ सहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलमा पुग्ने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.