Nepal Times
Nepal Times
3
Shares

पाकिस्तानमा होली खेल्ने विद्यार्थी कुटिए,१५ जना घाईते

पाकिस्तानमा होली खेल्ने विद्यार्थी कुटिए,१५ जना घाईते

२३ फागुन, एजेन्सी ।
आज नेपालसहित विभिन्न देशमा रङहरुको पर्व होली मनाइदैछ । तर पाकिस्तानमा हिन्दुहरू अल्पसंख्यक भएकाले उनीहरूले आफ्ना चाडपर्वहरू डराएर मनाउने गर्छन्। पाकिस्तानमा कट्टरपन्थी इस्लामिक विद्यार्थी संगठनले सोमबार होली खेलिरहेका विद्यार्थीमाथि आक्रमण गरेको छ ।

यो मामला पञ्जाब विश्वविद्यालयसँग सम्बन्धित छ, जसमा १५ जना विद्यार्थी घाइते भएका छन्। होली रङहरूको पर्व हो, तर पाकिस्तान जस्तो देशमा यी रङहरू कट्टरपन्थीहरूलाई खुर्सानी जस्तै लाग्छन्। यो घटनाको भिडियो अहिले सार्वजनिक भएको छ । होली मनाउन पञ्जाब विश्वविद्यालयको ल कलेजमा ३० हिन्दू विद्यार्थी भेला भएका थिए ।

विश्वविद्यालयका विद्यार्थी र प्रत्यक्षदर्शी कासिफ ब्रोहीले भनेका छन्, “विद्यार्थीहरू कानून कलेजको क्याम्पसमा भेला हुँदा इस्लामी जमियत तुल्बा (आईजेटी) का कार्यकर्ताहरूले उनीहरूलाई होली मनाउन जबरजस्ती रोके, जसले झडप भयो। झडपमा १५ हिन्दु विद्यार्थी घाइते भएका छन् ।

ब्रोहीले आफूले विश्वविद्यालय प्रशासनबाट पूर्व अनुमति लिएको दाबी गरेका छन् । आईजेटी सदस्यहरूले होली मनाउन जबरजस्ती रोकेको विरोधमा उपकुलपतिको कार्यालय बाहिर विरोध प्रदर्शन गर्दा विश्वविद्यालयका सुरक्षाकर्मीले कुटपिट गरेका छन् ।

एक विद्यार्थीले भनेका छन्, “हामीले आईजेटी र हामीलाई कुटपिट र यातनामा संलग्न सुरक्षाकर्मीहरू विरुद्ध प्रहरी उजुरी दिएका छौं, तर अहिलेसम्म कुनै एफआईआर दर्ता गरिएको छैन,“। पंजाब विश्वविद्यालयका प्रवक्ता इब्राहिम शाहिदले घटनामा आफ्ना विद्यार्थीहरूको संलग्नता अस्वीकार गरेका छन् ।

पञ्जाब विश्वविद्यालयका प्रवक्ता खुर्रम शहजादले विश्वविद्यालय प्रशासनले ल कलेज बगैंचामा होली मनाउन अनुमति नदिएको बताएका छन् । कोठाभित्रै समारोह मनाइएको भए समस्या हुने थिएन,’ उनले भनेका छन् । उपकुलपतिले यस विषयमा छानबिन गर्न आदेश दिएको शाहजादले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.