Nepal Times
Nepal Times
3
Shares

मिसन विश्वकप : नेपालसँग पीएनजी ५२ रनले पराजित

मिसन विश्वकप : नेपालसँग पीएनजी ५२ रनले पराजित

२५ फागुन, काठमाण्डौ ।
ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । सोझै ओडिआई मान्यता निरन्तरता गर्ने सम्भावना मजबुत बनाएको छ ।

जितको लागि नेपालको कीर्तिमानी २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट भयो । पिएनजीका नर्मन भानुवा ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए । दुई रन लिने धुनमा अन्तिम विकेटको रुपमा रन आउट भएका थिए। पपुवा न्युगिनीले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो ।

पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भए । त्यसपछि भने नेपालले खेलमा सानदार पूनरागमन गरेको थियो ।

ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भए । उरा स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

दीपेन्द्रसिंह ऐरीको १४ औं ओभरको तेस्रो बलमा सेसे बाउ ३ रनमा सोमपाल कामीबाट स्क्वायर लेगमा क्याच आउट भए । दीपेन्द्रले चाल्र्स अमिनीलाई १४ बलमा बोल्ड आउट गरे । सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड आउट गरे ।

लगत्तै अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल थियो ।

नेपालको जितमा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक थियो । ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रनमा क्याच आउट भए ।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा १ सय १० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । ज्ञानेन्द्र मल्ल हेकुरेको बलमा असद भालाबाट ११ रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भए ।

सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ शेख १५ रनमा आउट भए । भीम सार्की ३८ बलमा ४ चौकासहित ४४ रनमा आउट भए । नेपालले अव आइतबार युएई, सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ ।

नेपाल शीर्ष तीनमा रहँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले अव तीन मध्य एक खेल जित्नुपर्ने हुन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.