जसपाको भागमा परेको उपराष्ट्रपति धरापमा

२५ फागुन ७९, शुक्रबार

२६ फागुन, काठमाण्ण्डौ ।
आगामी चैत ३ गतेका लागि तोकिएको उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यादवलाई उपराष्ट्रपतिमा पठाएर अध्यक्ष उपेन्द्र यादव उपचुनावबाट संसद भवन प्रवेश गर्ने दाउमा छन् ।

९ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाको भागमा परिसकेको छ ।सोही बाँडफाँटअनुसार बिहीबार जसपाले उम्मेदवार तय गरेको छ । तर गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको र गठबन्धनमा निर्णायक रहेको नेकपा माओवादीले भने जसपाका उम्मेदवारप्रति असन्तुष्टि जायर गरेको छ ।

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकपछि महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका छन् ।

Advertisement

उनले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए । आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने धारणा रहेको बताएका छन् ।

महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने पनि बताएका छन् । उपराष्ट्रपतिमा माओवादीले महिलाको प्रतिनिधित्व खोजेपछि जसपा अप्ठ्यारोमा परेको छ भने एमालेले उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिएर जसपालाई समर्थन गर्ने निर्णय गरेको छ ।

Advertisement

एमालेले ८ दलीय गठबन्धनबाट लालमोहर लागेका जनता समाजवादी पार्टी (जसपा)का उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसादविरुद्ध उम्मेदवार नउठाउने भएको हो। उपराष्ट्रपति निर्वाचन ३ चैतमा हुँदै छ। उपराष्ट्रपति निर्वाचनका लागि २७ फागुनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ । संवैधानिक व्यवस्थालाई लिएर राजनीतिक दल र संविधान एवं कानुनका जानकारबीच नै फरक धारणा रहेको छ ।

नेपालको संविधानको धारा ७० ले ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने’ व्यवस्था गरेको छ । राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला वा फरक समुदायका पुरुष उम्मेदवार हुनुपर्ने राजनीतिक दलको बुझाइ छ ।

राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् भने उपराष्ट्रपति पदको उम्मेदवार पनि जसपाले पुरुष नै उठाउको छ । प्रतिपक्ष एमालेले पनि उम्मेदवार नउठाउने भएपछि जसपा उम्मेदवार नै संभवत निर्विरोध हुन् सक्नेछन् ।

संविधानबमोजिम उपराष्ट्रपति पदमा फरक समुदायको पुरुष उम्मेदवार नै भए हुने राजनीतिक दलको बुझाइ छ तर संविधानविद्हरु राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला हुनैपर्ने बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top