श्री एयरका सबै जहाज नउड्ने

२६ फागुन, काठमाण्ण्डौ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आजदेखि श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । क्यानले श्री एयरलाइन्सलाई हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको हो। बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

विमानमा ७८ जना यात्रु सवार थिए । त्यस दिन उक्त जहाज ठूलो दुर्घटनाबाट बचेको थियो । उक्त घटनापछि उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका जहाजको इन्जिन जाँच गर्ने र उड्न योग्य देखिएपछि मात्रै पुनः उडानका लागि अनुमति दिने भएको हो ।

यसर्थ आजदेखि श्री एयरलाइन्सले आफ्ना कुनै पनि जहाज जहाज उडाउन पाउने छैन । श्री एयरलाइन्सका ८ वटा जहाज छन् । बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङको आकाशबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।

Advertisement

कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ । तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ । श्रीले काठमाडौंसहित देशभरका नौंवटा सुगम विमानस्थलबाट सेवा प्रदान गर्दै आइरहेको थियो ।

यो घटना छानबिन गर्न पाइलट राजेन्द्रमान शाक्यको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणले समिति बनाइसकेको छ । समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउन भनिएको छ । पोखरामा यति एयरको विमान दुर्घटना भएपछि सरकारले विमानको हवाइ सुरक्षालाई महत्वका साथ हेर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top