×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सबैै स्थानीय तहमा प्रहरी सङ्गठन विस्तार

१६ भाद्र २०७५

काठमाडौँ, भदौ १६
नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो ।यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले सबै स्थानीय तहमा स्थापना भइसकेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले सङ्घीयता कार्यान्वयन र सुरक्षा सुदृढीकरणका लागि प्रहरीले सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरेको जानकारी दिए । “चार नगरपालिका र २६ गाउँपालिकाका लागि एक हजार ६५ प्रहरीलाई खटाएका छौँ”, उनले भने ।

Advertisement
Advertisement

प्रवक्ता क्षेत्रीले नेपाल प्रहरीले गृहमन्त्रालयबाट गृह प्रशासन सुधार योजनाअनुसार जारी गरिएको ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुत तथा विश्वसनीय बनाउनका लागि जारी गरेको १० बुँदे प्राथमिकतानुसार काम गरिएको बताए ।

लिम्चुङबुङ र रौतामाइ गाउँपालिका उदयपुर, परवानीपुर, प्रसौनी र बारागढी गाउँपालिका बारा, नरहा र अर्नमा गाउँपालिका सिरहा, कालीमाई गाउँपालिका पर्सा, देवाही गोनाही र मौलापुर नगरपालिका रौतहट, महोत्तरी गाउँपालिका महोत्तरी, विष्णुपुर गाउँपालिका सप्तरी, कौडेना गाउँपालिका सर्लाही, कोन्ज्योसोम गाउँपालिका ललितपुर, गौमूल, स्वामीकार्तिक गाउँपालिका र बुढीनन्दा नगरपालिका बाजुरामा प्रहरी एकाइ स्थापना गरिएको छ ।

यस्तै गौरीशङ्कर गाउँपालिका दोलखा, हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक, मकवानपुरगढी गाउँपालिका मकवानपुर, पञ्चकन्या गाउँपालिका नुवाकोट, मादी गाउँपालिका कास्की, पूर्वखोला गाउँपालिका पाल्पा, ओमसतिया गाउँपालिका रुपन्देही, दार्मा गाउँपालिका सल्यान, पचालझरना गाउँपालिका कालीकोट, लेकबेशी नगरपालिका सुर्खेत, आदर्श गाउँपालिका डोटी, मष्टा र दुर्गाथली गाउँपालिका बझाङमा रिक्त रहेको स्थानमा पनि प्रहरी कार्यालय स्थापना गरिएको छ  ।

नयाँ स्थापना गरिएका स्थानीय तहमध्ये १४ वटा कार्यालयमा प्रहरी निरीक्षक र बाँकी १६ कार्यालयमा प्रहरी नायब निरीक्षकले नेतृत्व गर्नुहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले सङ्गठनलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्नका लागि तीन हजार १०१ नयाँ दरबन्दी थपसमेत गरिएको छ । यसैगरी प्रदेश प्रहरी कार्यालय स्थापना हुन बाँकी प्रदेश २ र ५ का लागि प्रदेश प्रहरी र अन्य प्रहरीस्तरीय कार्यालयसमेत स्थापना गरिएकोे छ ।

मुलुकभर बढ्दो क्रममा रहेको सवारी साधन व्यवस्थापनलाई सहज बनाउनका लागि प्रहरीले प्रदेश संरचनाअनुसार प्रदेश ३ र ४ मा प्रदेश ट्राफिक कार्यालय स्थापना गरिने र यसका लागि प्रहरी प्रधान कार्यालयले नयाँ दरबन्दी थप गर्न पहल गरिरहेको छ ।

Advertisement

यस्तै प्रदेश नं ३ र ६ मा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी विद्यालय स्थापनाका लागि नयाँ दरबन्दी निकासा भई स्थापनाका लागि गृहकार्य भइरहेको जनाइएको छ ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top